Badapatra Online

हरिहरपुरगढीमा क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु

Advertisement

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु भएको छ ।
मंगलबार एक कार्यक्रमका विच ‘विश्व क्यान्सर दिवस’ को अवसर पारेर हहिरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले उक्त खोप अभियानको सुभारम्भ गर्नुभएको हो ।
हरिहरपुरगढी गाउँपालिका ३ स्थित हरिहरपुर मावि घण्टे खोप केन्द्रमा गाउँपालिकाका अध्इक्ष वाइवा र प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकराले संयुक्तरुपमा स्वास्थ्यकर्मीहरुलाई एक औपचारिक कार्यक्रमकाबिच स्वास्थ्य सामाग्री हस्तानतरण गरेर अभियानको सुरुवात गर्नुभएको हो
गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाज्यूले क्यान्सरले पछिल्लो समय आफन्त लगायत धेरै मानिसहरुको मृत्यु भएको सुनाउनुहुँदै खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन आग्रह गर्नुभएको छ ।
मंगलबारबाट आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक यो अभियान सञ्चालन हुँदैछ । उक्त खोप विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका बालिकाहरुले लगाउने स्वास्थ्य शाखा प्रमुख मनोज सुयालले बताउनुभयो ।
अभियानको पहिलो दिन मावि घण्टे खोपकेन्द्रमा ५३ जना विद्यार्थीले खोप लगाएका छन् भने मंगलबार नै हाकपारा आधारभुत विद्यालय खोप केन्द्रमा २७ जना गरी जम्मा ८० जनाले खोप लगाएका छन् । यस अभियानबाट हरिहरपुरगढी गाउँपालिकाभरी ९ सय ७७ जनालााई खोप लगाइने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष बाइवाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...