सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु भएको छ ।
मंगलबार एक कार्यक्रमका विच ‘विश्व क्यान्सर दिवस’ को अवसर पारेर हहिरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले उक्त खोप अभियानको सुभारम्भ गर्नुभएको हो ।
हरिहरपुरगढी गाउँपालिका ३ स्थित हरिहरपुर मावि घण्टे खोप केन्द्रमा गाउँपालिकाका अध्इक्ष वाइवा र प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकराले संयुक्तरुपमा स्वास्थ्यकर्मीहरुलाई एक औपचारिक कार्यक्रमकाबिच स्वास्थ्य सामाग्री हस्तानतरण गरेर अभियानको सुरुवात गर्नुभएको हो
गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाज्यूले क्यान्सरले पछिल्लो समय आफन्त लगायत धेरै मानिसहरुको मृत्यु भएको सुनाउनुहुँदै खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन आग्रह गर्नुभएको छ ।
मंगलबारबाट आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक यो अभियान सञ्चालन हुँदैछ । उक्त खोप विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका बालिकाहरुले लगाउने स्वास्थ्य शाखा प्रमुख मनोज सुयालले बताउनुभयो ।
अभियानको पहिलो दिन मावि घण्टे खोपकेन्द्रमा ५३ जना विद्यार्थीले खोप लगाएका छन् भने मंगलबार नै हाकपारा आधारभुत विद्यालय खोप केन्द्रमा २७ जना गरी जम्मा ८० जनाले खोप लगाएका छन् । यस अभियानबाट हरिहरपुरगढी गाउँपालिकाभरी ९ सय ७७ जनालााई खोप लगाइने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष बाइवाको भनाई छ ।