Badapatra Online

नेकपा एसका केन्द्रीय सदस्य पाख्रिनसहित नेता एमालेमै फर्किए

Advertisement

सिन्धुली । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यसहित दर्जन नेता कार्यकर्ता पार्टी त्यागेर नेकपा एमालेमा फर्किएका छन् ।
एमाले सिन्धुलीको तीन महिने वडा केन्द्रित अभियान अभिमुखिकण कार्यक्रमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा अनेमसंघ स्थायी कमिटी सदस्य शान्ता पाख्रिन र बागमती प्रदेश सदस्य गीता कटुवाललगायत नेताहरु टीका र खादा लगाएर नेता कार्यकर्ता नेकपा एमालेमा फर्किएका छन् ।
एमाले बागमती प्रदेश कमिटीद्वारा तीन महिने वडा केन्द्रित अभियानको सन्दर्भमा सिन्धुली आइपुगेका एमाले प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले पार्टी विभाजनसँगै माधव नेपाल नेतृत्वको नेकपा एसमा लागेका केन्द्रीय सदस्य शान्ता पाख्रिन, बागमती प्रदेश सदस्य गीता कटुवाल, जिल्ला कमिटी सचिवालय सदस्य एबं भूतपूर्व सैनिक संगठन केन्द्रीय सचिव भरत कटुवाल, जिल्ला कमिटी सदस्य सम्झना कुमारी श्रेष्ठ र माया देवी थापा, विजिता कटुवाल बार एसोसिएसन सदस्य र रुक्मणी थापा एमाले फर्किएका नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिए ।
नवप्रवेसी नेताहरुले नेकपा एस पार्टीको औचित्य सकिएको र एमालेको विकल्प नरहेको निश्कर्षसहित पुरानो घरमै फर्किएको बताएका छन् ।
उनीहरुलाई एमाले बागमती प्रदेश अध्यक्ष ढुंगेलसहित सिन्धुली जिल्ला इञ्चार्जसमेत रहेका केन्द्रीय सदस्य मनोज जंग थापा, केन्द्रीय सदस्यहरु गणेश कुमार पहाडी, बिषमलाल अधिकारी, कमलजंग राई, उमा कोइराला, निरु दर्लामी कुँवर, सुबास देवकोटा नेताहरुले स्वागत गरेका थिए ।
नेकपा एमाले बागमतीले ‘पुराना जगाउँ, नयाँ बढाऊ’ भन्ने नाराका साथ टोल टोलमा मसिनो योजनाका साथ पार्टी कामलाई अगाडि बढाउने बताइएको छ ।
बैठकले सदस्यता नबिकरण र बिस्तार, अन्तरविरोध समाधान तथा व्यवस्थापन, स्थानीय अधिवेशनहरु, जनतासँग जनसंगठन, युवा नेतृत्व विकासको कामः जेनजिसँग पार्टी अभियान, बैचारिक तथा राजनैतिक काम, साइवर हमलाको प्रतिवाद, विकास निर्माण र जनसरोकार र रचनात्मक कामहरुलाई अभियानसँगै जोडेर लैजाने जनाएको छ ।
साथै पार्टी अध्यक्ष एवम् नेकपा एमालेका विरुद्ध भएको श्रंखलावद्ध साइवर हमलाको प्रतिवाद गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...