Badapatra Online

प्रथम मरिण गोल्डकपको उपाधि बागमती क्लवलाई

Advertisement

सिन्धुली। सिन्धुलीको मरिण गाउँपालिकामा आयोजना भएको प्रथम मरिण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि सर्लाहीको बागमती युवा क्लबले जितेको छ ।
मरिण गाउँपालिका २ मुङ्ग्रे खेलमैदानमा भएको फाईनल खेलमा आयोजक मुङ्ग्रे युनाईटेड युवा क्लवलाई ४–३ गोलअन्तरले पराजित गर्दै बागमती युवा क्लवले उपाधी हात पारेको हो ।
निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट विजेता र उपविजेताको छिनोफानो गरिएको थियो । जितसँगै बागमती युवा क्ललले नगद ३ लाख रूपैयाँ सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको आयोजक मुङ्ग्रे युनाईटेड युवा क्लव उपविजेता भएको छ । मुङ्ग्रे युनाईटेड युवा क्लवले नगद १ लाख ५० हजार रूपैयाँ सहित शिल्ड, मेडल र प्रमाण–पत्र पाएका मुङ्ग्रे युनाईटेड युवा क्लबका अध्यक्ष ज्ञान बहादुर मुक्तानले बताए ।
प्रतियोगितामा बागमतीका गोलरक्षक अनिष महतो फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए ।
अन्य विधातर्फ राईजिङ प्लेयर जनहितैषी युवा क्लबका बिशाल मोक्तान चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार एन्फा मकवानपुरका ललित चौलागाई र बागमती गाउँपालिका, मकवानपुरका श्री मगरले संयुक्त रुपमा हात पारे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने बागमती युवा क्लबका आयुष राना मगर घोषित भए ।
प्रतियोगिताका विजेता र उपविजेतालाई मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात) र उपाध्यक्ष विमला माझीले संयुक्तरुपमा पुरस्कार प्रदान गरेका छन् ।
सर्बोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोल गर्ने खेलाडीलाई ५ हजार, र स्थानिय उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएका छन् ।
प्रतियोगितामा सिन्धुली, सर्लाही, मकवानपुर लगाएत जिल्लाहरुबाट ९ टिमले सहभागीता जनाएका थिए । प्रतियोगिता संचालनको लागि मरिण गाउँपालिका लगाएत अन्य पालिकाहरुले आर्थिक सहयोग गरेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...