Badapatra Online

खनियाखर्कमा गाडी दुर्घटना हुँदा चालकको मृत्युु, पाँच जना घाइते

Advertisement

सिन्धुली । झापाबाट काठमाडौं जादै गरेको गाडी सिन्धुलीस्थित बीपी राजमार्ग अन्तर्गत सिन्धुलीमाडी–खुर्कोट खण्डमा दुर्घटना भएको छ । बागमती प्रदेश ०१–०३० च–६४२ नम्बरको ईभी गाडी शुक्रबार बिहान दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परी २६ वर्षीय चालक सुशान्त नेपालीको मृत्यु भएको छ । उनको उपचारको क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । त्यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइतेहुनेमा मोरङ जिल्ला लेटाङ नगरपालिका २ बस्ने बर्ष ३४ का देबि लिम्बू रहेको छन उहाँको अँखा, टाउको र घाटिमा चोट लागेको छ । त्यस्तै मध्यम घाइते हुनेहरुमा इलाम देउमाइ नगरपालिका ८ बस्ने बर्ष ५३ का सनबहादुर तामाङ, काठमाडौ कागेश्वरी मनोहरा नगरपालिका ५ थली बस्ने बर्ष २८ का संजय रोक्का रहेका छन ।
त्यस्तै काठमाडौ कागेश्वरी मनोहरा नगरपालिका ५ थली बस्ने बर्ष २८ का श्वेता गिरि र झापा बार्हगढी नगरपालिका १ बस्ने बर्ष २७ का किस्कु मण्डल रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो । गाडी सडकबाट झण्डै ३ सय मिटर तल खसेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...