सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । कमलामाई नगरपालिका नगर खेलकुद विकास समिति, सिन्धुलीको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ कमलामाई नगरपालिका भित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता सिन्धुलीमाढीमा शुक्रवारबाट सुरु भएको हो ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाभित्रका विद्यालयले सहभागिता जनाएको कमलामाई नगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष श्री लोक विक्रम थापा ले जानकारी दिनुभयो । प्रतियोगिताको उदघाटन गर्दै कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले विद्यार्थीहरूमा रहेको खेल प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यार्थीहरूमा लगनशीलता, अनुशासन र प्रतिस्पर्धी बन्नका लागि प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।
उहाँले प्रतियोगितामा विद्यार्थीहरुको उत्साहजनक सहभागिता देखेरे खुसि व्यक्त गर्दै विद्यार्थीहरुलाई खेलमा सहभागी हुन र आफ्नो प्रतिभा देखाउनुहुन प्रेरित गर्दै खेलकुदको विकास र विस्तारमा कमलामाई नगरपालिका हरक्षण लागि रहने व्यक्त गर्नुभयो ।
प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबड्डी,मार्शलआर्ट र एथलेटिक्स विद्यातर्फ खेल प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा विजेता, उपबिजेता र तृतीय हुनेविद्यालयलाई नगद को साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने गरिने जनाइएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका खेलहरु माघ २५ देखि २७ गते सम्म संचालन हुनेछन् ।


