Badapatra Online

हरिहरपुरगढीमा पाँचौं अध्यक्ष कप फुटबल प्रतियोगिताको आयोजना

Advertisement

सिन्धुली  । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा पाँचौ अध्यक्ष कप फुटवल प्रतियोगिताको आयोजना गरिएको छ ।
पाँच दिनसम्म संचालन हुने प्रतियोगिताको आइतबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले उद्घाटन गर्नु भएको हो ।
खेदकुद प्रतियोगिताको उद्घाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष वाइबाले युवा तथा खेलकुद विकास समितिलाई खेलाडीहरुलाई अनुशासनमा राखेर अध्यक्षकप सम्पन्न गर्न आग्रह गर्नुभयो । यस्तै उहाँले खेललाई सुरक्षित बनाउने उदेश्यले खेल मैदान व्यवस्थापनको लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने उद्घोष समेत गर्नुभएको छ ।

युवा तथा खेलकुद विकास समिति झनझनेद्धारा आयोजित तथा हरिहरपुरगढी गाउँपालिकाको प्रायोजनमा आयोजित प्रतियोगिता चैनपुर खेल मैदानमा संचालन भईरहेको छ ।
प्रतियोगितामा गाउँपालिकाका ८ वटा वडाका महिला र पुरुषतर्फ गरी ८÷८ वटा टिमका खेलाडीहरु सहभागी छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ वडा नम्बर २ ले वडा नम्बर ३ लाई २–० गोलले हराउँदै विजयी सुरुवात गरेको छ ।
प्रतियोगिता अन्तर्गत सोमबार बिहान ८ बजे वडा नम्बर ४ र ६ बीच प्रतिस्पर्धा हुने बताइएको छ । यस्तै सोमबार दिउँसो १ बजे महिलातर्फ वडा नम्बर २ र ३ बीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो ३ बजे पुरुषतर्फ वडा नम्बर १ र ५ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ विजेता टिमले १ लाख १ हजार १ सय रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५१ हजार १ सय रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन ।
यस्तै महिलातर्फको विजेताले ४० हजार १ सय रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाण–पत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २५ हजार १ सय रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने हरिहरपुगढी खेलकुद विकास समितिका अध्यक्ष लक्ष्मी बहादुर राईले जानकारी दिए ।
हरिहरपुगढी खेलकुद विकास समितिका अध्यक्ष लक्ष्मी बहादुर राई (हिमाल) को अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, वडा नम्बर १ का अध्यक्ष जित बहादुर थिङ, वडा नम्बर २ का अध्यक्ष विश्व राई, वडा नम्बर ३ का अध्यक्ष कुलबहादुर भोलन, वडा नम्बर ५ का अध्यक्ष साईला लामा, वडा नम्बर ७ का अध्यक्ष बिचबहादुर मोक्तान, वडा खेलकुद विकास समितिका पदाधिकारीहरु तथा विभिन्न राजनितिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...