सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा दुई दिने संस्थागत क्षमता विकास योजना तर्जुमा कार्यशाला गोष्ठी सुरु भएको छ ।
हरिहरपुरगढी गाउँपालिकाको आयोजना तथा डि.आर. परामर्श सेवा , मिथिला नगरपालिका ११ धनुषाको प्राविधिक सहयोगमा संस्थागत क्षमता विकास योजना तर्जुमा सम्वन्धि २ दिने कार्यशाला गोष्ठी सुरु भएको हो ।
मंगलबारसम्म संचालन हुने उक्त कार्यशाला गोष्ठीको उद्घाटन सोमबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले गर्नुभएको हो ।
कार्यशालमा वडा अध्यक्ष तथा पालिकाका विषयगत कर्मचारीहरुको सहभागिता रहेको छ ।
उक्त कार्यक्रममा प्रमख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, परामर्श सेवा प्रदायक संस्थाका प्रतिनिधिहरु, शाखागत कर्मचारीहरुको सहभागिता रहेको थियो ।