Badapatra Online

न्युनतम रोजगारीमा संलग्न हुन निवेदन दिन हरिहरपुरगढी गाउँपालिकाको आग्रह (सूचना सहित)

Advertisement

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आफ्ना पालिकाका नागरिकहरुलाई न्युनतम रोजगारीमा संलग्न हुन निवेदन दिन आग्रह गरेको छ ।
गाउँपालिकाद्धारा सोमबार एक सूचना जारी गर्दै आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि निवेदन दिन आग्रह गरिएको हो
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र पैकराकाअनुसार रोजगारीको हक सम्बन्धी ऐन २०७५ को दफा ११, रोजगारीको हक सम्बन्धी (दोस्रो संशोधन) नियमावली २०७७ को नियम ७ को उपनियम १ र प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका, २०७५ को दफा १८ (१) बमोजिम आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि निवेदन दिन सकिने छ ।

रोजगार सेवा केन्द्रबाट आर्थिक तथा सामाजिक अवसरबाट बन्चित बेरोजगार व्यक्तिहरुलाई प्रदान गरिने न्यूनतम सय दिन बराबरको रोजगारीका लागि यो सूचना आह्वान गरिएको हो ।
१८ वर्ष उमेर पुरा भएका र ५९ वर्षसम्मका महिला पुरुषहरुले आवश्यक कागजात सहित आफु स्थानिय बसोबास रहेको वडा कार्यालयमा गई बेरोजगार व्यक्तिहरुको सूचिमा सुचिकृत हुन पाउने छन् । त्यस्ता ईच्छुक व्यक्तिहरुले सोमबारबाट अगामी फागुन २९ गते एक महिनाको अवधिसम्म सुचिकृतका लागि आवेदन गर्न सकिने गाउँपालिकाले जनाएको छ ।
निवेदन दिदा नागरीकताको प्रमाणपत्र, एक प्रति फोटो, कुनै सिप भए सोको प्रमाण पत्र, परिवारमा रहेका व्यक्तिहरुको नागरिकता र बसाईसरी आएको भए सोको प्रमाण पत्रको प्रतिलिपी संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...