सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आफ्ना पालिकाका नागरिकहरुलाई न्युनतम रोजगारीमा संलग्न हुन निवेदन दिन आग्रह गरेको छ ।
गाउँपालिकाद्धारा सोमबार एक सूचना जारी गर्दै आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि निवेदन दिन आग्रह गरिएको हो
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र पैकराकाअनुसार रोजगारीको हक सम्बन्धी ऐन २०७५ को दफा ११, रोजगारीको हक सम्बन्धी (दोस्रो संशोधन) नियमावली २०७७ को नियम ७ को उपनियम १ र प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका, २०७५ को दफा १८ (१) बमोजिम आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि निवेदन दिन सकिने छ ।
रोजगार सेवा केन्द्रबाट आर्थिक तथा सामाजिक अवसरबाट बन्चित बेरोजगार व्यक्तिहरुलाई प्रदान गरिने न्यूनतम सय दिन बराबरको रोजगारीका लागि यो सूचना आह्वान गरिएको हो ।
१८ वर्ष उमेर पुरा भएका र ५९ वर्षसम्मका महिला पुरुषहरुले आवश्यक कागजात सहित आफु स्थानिय बसोबास रहेको वडा कार्यालयमा गई बेरोजगार व्यक्तिहरुको सूचिमा सुचिकृत हुन पाउने छन् । त्यस्ता ईच्छुक व्यक्तिहरुले सोमबारबाट अगामी फागुन २९ गते एक महिनाको अवधिसम्म सुचिकृतका लागि आवेदन गर्न सकिने गाउँपालिकाले जनाएको छ ।
निवेदन दिदा नागरीकताको प्रमाणपत्र, एक प्रति फोटो, कुनै सिप भए सोको प्रमाण पत्र, परिवारमा रहेका व्यक्तिहरुको नागरिकता र बसाईसरी आएको भए सोको प्रमाण पत्रको प्रतिलिपी संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ ।