सिन्धुली । प्रेस चौतारी नेपाल सिन्धुलीको ८ औं जिल्ला अधिवेशन मंगलबार हुने भएको छ
सिन्धुलीमाढीमा प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाको प्रमुख आतिथ्यतामा अधिवेशन हुन लागेको हो ।
नेकपा एमाले सम्बद्ध श्रमजिवी पत्रकारहरुको छाता संगठन प्रेस चौतारी नेपालको अधिवेशन सिन्धुली माढी स्थित अर्कश्या पार्टी प्यालेस शान्तिनगरचोकमा आयोजना गरिने संगठनले जनाएको छ ।
मंगलबार बिहान ११ बजेबाट सुरु हुने अधिवेशनले आगामी कार्यकालका लागि संगठनको नयाँ नेतृत्वको समेत चयन गर्ने बताइएको छ ।


