सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघ, सिन्धुलीको ३४ औं वार्षिक साधारण सभा एवंम् १५ औं जिल्ला अधिवेशन भोली मंगलबार हुने भएको छ ।
नेपाल सरकारका गृह मन्त्री माननिय रमेश लेखकको प्रमुख आतिथ्यतामा साधरण सभा तथा अधिवेशन आयोजना गर्न लागिएको सिन्धुली उद्योग वाणिज्य संघ, सिन्धुलीका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष श्रेष्ठका अनुसार साधरण सभा तथा अधिवेशन कमलामाई नगरपालिका ६ धुराबजार स्थित कमलामाई पार्टी प्यालेशमा आयोजना गरिएको छ ।
अधिवेशनको उद्घाटन सत्र बिहान ११ बजेबाट सुरु हुने छ । कार्यक्रममा संघको जिल्ला नेतृत्वका लागि निर्वाचन मिति तय गर्नेछ ।


