Badapatra Online

कमलामाईको तेस्रो राष्ट्रपति रनिङ शिल्ड गौमती माविले उचाल्यो

Advertisement

सिन्धुली। कमलामाई नगरपालिका नगर खेलकुद विकास समिति, सिन्धुलीको आयोजनामा भएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी गौमती माविले जितेको छ ।
सोमबार सिन्धुलीको खुल्लामन्चमा सम्पन्न प्रतियोगितामा विभिन्न खेलहरुमा स्वर्ण, रजत र काश्य पदकहरु जित्दै गौमति माविले तेस्रो राष्ट्रपति रनिङ शिल्ड जितेको हो ।
यस्तै प्रतियोगितामा सिन्धुलीमाढीमै रहेको सिद्वस्थलि इङ्लिस बोडिङ्ग स्कुल दोस्रो र कमलामाई नगरपालिका १ स्थित शिखर मावि मरिण बेल्टार तेस्रो भएका छन् ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण–पत्र पाएका छन् ।
प्रतियोगिताका विजयी टिमलाई कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरेका छन् ।
गत शुक्रबारबाट सुरु भएको प्रतियोगितामा कमलामाई नगरपालिका भरिका सरकारी तथा निजि गरि ३६ विद्यालयको सहभागिता रहेको थियो ।
भलिबल, कबड्डी, तेक्वान्दो, कराते आदि प्रमुख थिए । प्रत्येक खेलमा खेलाडीहरुले आफ्नो क्षमता र कौशलको प्रदर्शन गरेका कमलामाई नगर खेलकुद विकास समितिका अध्यक्ष लोक विक्रम थापाले जानकारी दिए ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ कमलामाई नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको समापन समारोहमा कमलामाई नगरपालिका नगर प्रमुख पोखरेलले आगामी दिनहरुमा पनि यस्ता प्रतियोगिताहरुलाई निरन्तरता दिदै युवा खेलाडीहरुले आफ्नो प्रतिभालाई अझै निखार्ने मौका दिने बताए ।
उनले भने, ‘यस्ता खेलकुदले हाम्रो समाजलाई एकताबद्ध गर्न र स्वास्थ जीवनशैलिलाई प्रमोट गर्न महत्वपुर्ण भुमिका खेल्ने गरेको । यस्ता प्रतियोगिताहरुलाई नगरले आगामी दिनमा समेत निरन्तरता दिने छ ।’
प्रतियोगिताको समापन समारोहमा नगरका विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरु, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, जिल्ला स्थित खेलकुद विधाका अध्यक्षहरु, खेल विधाका एम्पायरहरु, सहभागि विद्यालयका प्रअ तथा खेलकुद शिक्षक प्रतिनिधिहरु, सिन्धुली जिल्ला स्थित पालिका खेलकुद विकास समितिका अध्यक्षहरु , नगर खेलकुद विकास समितिका पदाधिकारीहरु, विद्यार्थी तथा खेलाडीहरुको उपस्थिती रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...