Badapatra Online

कमलामाईको तेस्रो राष्ट्रपति रनिङ शिल्ड गौमती माविले उचाल्यो

Advertisement

सिन्धुली। कमलामाई नगरपालिका नगर खेलकुद विकास समिति, सिन्धुलीको आयोजनामा भएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी गौमती माविले जितेको छ ।
सोमबार सिन्धुलीको खुल्लामन्चमा सम्पन्न प्रतियोगितामा विभिन्न खेलहरुमा स्वर्ण, रजत र काश्य पदकहरु जित्दै गौमति माविले तेस्रो राष्ट्रपति रनिङ शिल्ड जितेको हो ।
यस्तै प्रतियोगितामा सिन्धुलीमाढीमै रहेको सिद्वस्थलि इङ्लिस बोडिङ्ग स्कुल दोस्रो र कमलामाई नगरपालिका १ स्थित शिखर मावि मरिण बेल्टार तेस्रो भएका छन् ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण–पत्र पाएका छन् ।
प्रतियोगिताका विजयी टिमलाई कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरेका छन् ।
गत शुक्रबारबाट सुरु भएको प्रतियोगितामा कमलामाई नगरपालिका भरिका सरकारी तथा निजि गरि ३६ विद्यालयको सहभागिता रहेको थियो ।
भलिबल, कबड्डी, तेक्वान्दो, कराते आदि प्रमुख थिए । प्रत्येक खेलमा खेलाडीहरुले आफ्नो क्षमता र कौशलको प्रदर्शन गरेका कमलामाई नगर खेलकुद विकास समितिका अध्यक्ष लोक विक्रम थापाले जानकारी दिए ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ कमलामाई नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको समापन समारोहमा कमलामाई नगरपालिका नगर प्रमुख पोखरेलले आगामी दिनहरुमा पनि यस्ता प्रतियोगिताहरुलाई निरन्तरता दिदै युवा खेलाडीहरुले आफ्नो प्रतिभालाई अझै निखार्ने मौका दिने बताए ।
उनले भने, ‘यस्ता खेलकुदले हाम्रो समाजलाई एकताबद्ध गर्न र स्वास्थ जीवनशैलिलाई प्रमोट गर्न महत्वपुर्ण भुमिका खेल्ने गरेको । यस्ता प्रतियोगिताहरुलाई नगरले आगामी दिनमा समेत निरन्तरता दिने छ ।’
प्रतियोगिताको समापन समारोहमा नगरका विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरु, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, जिल्ला स्थित खेलकुद विधाका अध्यक्षहरु, खेल विधाका एम्पायरहरु, सहभागि विद्यालयका प्रअ तथा खेलकुद शिक्षक प्रतिनिधिहरु, सिन्धुली जिल्ला स्थित पालिका खेलकुद विकास समितिका अध्यक्षहरु , नगर खेलकुद विकास समितिका पदाधिकारीहरु, विद्यार्थी तथा खेलाडीहरुको उपस्थिती रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा ग्रामिण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउ...
ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा टाइम्स अफ डे मिटरिङ...
सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

काठमाडौं : सरकारले आयोजना गर्ने सगरमाथा संवादमा विदेशी पाहुनासहित कम्तीमा ३५० जना सहभागी हुने भएका छन्। प्रधानमन्त्री कार्यालयले आ...
गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । गोलन्जोर गाउँपालिका ३ ग्वाल्ट...