Badapatra Online

कमलामाई नगरले लोक सेवा आयोग तयारी कक्षा संचालन गर्दै (सूचना सहित)

Advertisement

सिन्धुली  । जिल्लाको कमलामाई नगरपालिकाले नायव सुब्बा पदको लागि लोक सेवा आयोग तयारी कक्षा संचालन गर्ने भएको छ । यसका लागि इच्छुक व्यक्तिहरुले १५ दिनभित्र आवेदन दिनु पर्ने छ ।
कमलामाई नगरपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत सागर कुमार ढकालका अनुसार नगरका विपन्न वर्गलाई लक्षित गर्दै यस्तो तयारी कक्षा संचालन गर्न थालिएको हो ।
नगरमा स्थायी बसोबास गर्ने र आगामी फागुन १२ गतेसम्म १८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेका पुरुष तथा महिला र अपाङ्गको हकमा १८ वर्ष पुरा भई ४० वर्ष ननाघेका व्यक्तिहरुले १५ दिन अर्थात आगामी फागुन १२ गते भित्र निवेदन दिनुपर्ने छ ।
इच्छुक व्यक्तिहरुले कमलामाई नगरपालिकाको सामाजिक विकास शाखामा निवेदन दिन सक्ने छ । उक्त विषयमा थप जानकारी लिनु परेमा समेत सामाजिक शाखामा बुझ्न सकिने ढकालको भनाई छ ।
कक्षा १२ उतिर्णहरुले मात्र यस्तो कक्षा लिन पाउने छ । निवेदनका साथ शैक्षिक प्रमाणपत्र, नागरिकता, कमलामाई नगरपालिकामा बासोबास गरेको प्रमाणित कागजात, अपाङ्गभएको व्यक्तिहरुले परिचय खुल्ने कागजात सहित सामाजिक विकास शाखाबाट उपलब्ध निवेदन भरेर बुझाउनु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...