Badapatra Online

बाढीले क्षतिग्रस्त सिन्धुलीको क्वालिटी बिच रिसोर्ट सञ्चालनमा

Advertisement

सिन्धुली । गत असोज ११ र १२ गते आएको बाढीले डुवाउँदा अबरुद्ध भएको सिन्धुलीको सुनकोसी गाउँपालिका ५ मूलकोटस्थित क्वालिटी बिच रिसोर्ट झण्डै पाँच महिनापछि सञ्चालनमा आएको छ ।
गत असोज ११ गते सुनकोसी नदीमा आएको बाढी रिसोर्ट भित्र पस्दा डुवानमा परेको थियो ।
बाढीले क्षति पुग्दा पूर्णरुपमा अबरुद्ध भएको रिसोर्ट झण्डै पाँच महिनाको लगातार प्रयासबाट डुवानमा परेको बालुवा र माटो हटाएर पहिलेकै अवस्थामा संचालनमा ल्याइएको रिसोर्ट सञ्चालक मनोज श्रेष्ठको भनाई छ ।
रिसोर्टलाई पहिलाकै अवस्थामा संचालनमा ल्याउन झण्डै १० करोड रुपैयाँ बराबर खर्च भएको श्रेष्ठको भनाई छ ।


उनले भने, ‘बाढीले रिसोर्टका बाहिरी रभित्र सबै संरचनामा क्षेती पु¥याएको थियो । एकदेखी दुइतलासम्म पूर्णरुपमा माटो र बालुवाले पुरिदिएको थियो । त्यसलाई पन्छाएर सफा गर्ननै धेरै समय लाग्यो । अहिले पुनर्निर्माणमा पहिलाको भन्दा थप आकर्षक र नयाँ डिजाईन सहित निर्माण गरेर संचालनमा ल्याएका हौं ।’
झण्डै ३० करोड लगानीमा स्थापना गरिएका रिसोर्ट २०७८ चैत २ बाट सञ्चालनमा आएको थियो । करिब २५ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्ट सुनकोशी नदीमा आएको बाढीले तहसनहस बनाएको थियो ।
क्वालिटी बिच रिसोर्ट सिन्धुली जिल्लाकै उत्कृष्ठ रिसोर्ट हो । पछिल्लो समय मुलकोट होटल तथा रिसोर्टहरुको हव बन्दै गएको थियो ।

राजधानी काठमाण्डौं तथा पूर्व र मध्य तराईबाट वीपी राजमार्ग ओहोर दोहोर गर्नेहरुको मुख्य गन्तव्य बन्दै गएको क्वालीटी बिच रिसोर्ट पुन संचालनमा आएसंगै आन्तरीक तथा बाह्य पर्यटकहरुको चहलपहल समेत बढ्न थालेको छ ।
असोजमा आएको बाढीका कारण यो रिसोर्ट संगै मुलकोटका दर्जनौ रिसार्ट र तथा होटलहरुमा क्षेती पुगेको थियो । बाढीले क्षेती पुगेका मध्ये केही होटलहरु संचालनमा आएपनि अझै केही संचालनमा आउन सकेका छैनन् ।

यस्तै सुनकोसी नदिले क्षेती पु¥याएको गोलन्जोर गाउँपालिका ७ खुर्कोट बजार समेत पूर्ण रुपमा संचालनमा आउन सकेको छैन् । केही स्थानीयले पुनर्निर्माण थालेपनि कतिपयले भोलीका दिनमा पनि नदीमा आउन सक्ने बाढीको जोखिमलाई मध्यनजर गर्दै पुनर्निर्माण थालेका छैनन् ।
बाढी र पहिरोका कारण सिन्धुलीको सनुकोसी, गोलन्जोर, फिक्कल र हरिहरपुरगढीमा सयौं होटल तथा रिसोर्टहरुमा क्षेती पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...