सिन्धुली । मंगलबार सम्पनन प्रेस चौतारी नेपाल सिन्धुलीको ८ औं जिल्ला अधिवेशनले पुन विनय दाहालको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको छ ।
सिन्धुलीमाढीमा प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशन दाहालको अध्यक्षतमा ९ सदस्य कार्यसमिति चयन गरेको हो ।
चौतारीको उपाध्यक्षमा उद्दव श्रेष्ठ र सुनिता विक चयन भएका छन भने सचिवमा बलबिर भुजेललाई चयन गरिएको छ ।
यस्तै कोषाध्यक्षमा नवराज दाहाल, सह–सचिवमा टिएन घिमिरे र मेनुका बुढाथोकी चयन भएका छन भने सदस्यहरुमा पवन राउत, विमला रजन मगर र गोमा श्रेष्ठलाई चयन गरिएको छ ।
यस्तै केन्द्रीय प्रतिनिधिमा कृष्णहरी घिमिरे, लोकहरी आचार्य र विमला रजन मगरलाई चयन गरिएको छ भने, प्रदेश प्रतिनिधिहरुमा रविन्द्र भट्टराई, नवराज दाहाल र दिपा भण्डारीलाई चयन गरिएको छ ।
अधिवेशनमा नेपाल पत्रकारमहासंघ सिन्धुलीको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित कार्यसमिति, जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश समितिका निर्वाचितहरुलाई प्रेस चोतारी नेपालले सम्मान गरेको छ ।
यस्तै स्वर्गीय अन्जनराना स्मृति पत्रकारीता पुरस्कारबाट सिन्धुलीका अग्रज पत्रकार शंकर सौगातलाई सम्मान गरिएको छ ।


