Badapatra Online

मावि मरिण खयरसालमा अक्षयकोष स्थापना, दाताको नाम स्मारिकामा उल्लेख गर्दै वार्षिक उत्सवमा सम्मान गरिने

Advertisement

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका ४ मा रहेको श्री माध्यमिक विद्यालय मरिण खयरसालले आफ्नो ६१ औं स्थापना दिवस भव्य रुपमा मनाउने भएको छ ।
विद्यालयले आगामी फागुन २२ गते बिहिबारका दिन विद्यालयको ६१ औं स्थापना दिवस मनाउने तयारी गरेको हो ।
विद्यालयका प्रधानाध्यापक मानध्वज बम्जनका अनुसार विद्यालयको वार्षिक उत्सवको दिन पारेर विद्यालयको ऐतिहासिक स्मारिका समेत प्रकाशन गर्ने तयारी गरिएको छ । उक्त अवसरमा विद्यालयले विद्यालयको शैक्षिक उन्नयनका लागि सुरुवात गरिएको अक्षयकोष स्थापनार्थ सहयोग गर्ने सहयोगीहरुलाई भव्य कार्यक्रमका विच सम्मान समेत गर्ने योजना बनाएको छ ।
कक्षा १२ सम्म पठनपाठन हुने मावि मरिण खयरसाल २०२० सालमा स्थापना भएको विद्यालय हो ।
मरिण गाउँपालिकाकै नमुना विद्यालयका रुपमा विकास गरिँदै लगिएको उक्त विद्यालयमा अधिकांस आदिवासी जनजाती तथा दलित समुदायका बालबालिकाहरु अध्ययनरत छन् ।

उनिहरुको शैक्षिक विकास र विद्यालयको भौतिक पूर्वाधार तथा प्रशासन व्यवस्थापनमा विद्यालय सक्रिय रहेको छ ।
विद्यालयको बृहत्तर हितका लागि हालैमात्र अक्षय कोष स्थापना गर्ने निर्णय गरिएको थियो । विद्यालयको उक्त निर्णय र सार्वजनिक रुपमा सहयोगका लागि गरिएको आह्वान अनुसार विद्यालयका शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, पूर्व शिक्षक, विद्यालयका पूर्व विद्यार्थीहरु, समाजसेवी, राजनितिकदल तथा सर्वसाधरणले स्वतस्फूर्त विद्यालयको अक्षय कोषमा रकम जम्मा गरिरहेका छन् ।
प्रधानाध्यापक मानध्वज बम्जनका अनुसार हालसम्म ३४ जनाबाट ३ लाख रुपैयाँबढी रकम अक्षयकोषमा जम्मा भाईसकेको छ । अक्षय कोषमा न्युनतम ५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ । त्यसभन्दाबढी आफ्नो स्वेच्छिक रहने छ ।

विद्यालयले दश लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने लक्ष्य लिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम स्याङ्तानको भनाई रहेको छ ।
‘हामिले माध्यमिक विद्यालय मरिण खयरसालमा अक्षय कोष स्थापनार्थ केही समय अगाडि सामाजिक सञ्जालमा गरिएको अपिललाई स्वीकार गरि सकेको सहयोग गर्नुहुने शिक्षाप्रेमी बुद्धिजीवी महानुभाबहरु धेरै हुनुहुन्छ । उहाँहरुप्रति प्रति विद्यालय परिबार हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । यो सहयोग जम्मा हुने क्रम अझै जारी छ । दाताहरुको नाम विद्यालयले यही फाल्गुन २२ गते वार्षिकोत्सबको अबसरमा बिमोचन हुने गरि तयार पारिएको स्मारीकामा समेत उल्लेख गर्ने तयारी गरिएको छ,’ अध्यक्ष स्याङ्तानले भन्नुभयो ।
विद्यालयले सोही दिन दाताहरुलाई सम्मान कार्यक्रम समेत राखेकोले आगामी फागुन १५ गतेसम्म अक्षय कोषमा सहयोग गर्नुहुनेहरुको नाम समावेस गरिने अध्यक्ष स्याङ्तानको भनाई छ ।

विद्यालयको अभियानमा हालसम्म अमुल्य सहयोग गर्नुहुनेहरुप्रति विद्यालयले आभार समेत व्यक्त गरेको । पहिलो चरणको अभियान भएकोले फागुन १५ गतेसम्म सहयोग गर्नुहुनेहरुको नाम स्मारीकामा उल्लेख गरिने छ । त्यस पश्चात पनि सहयोग लिने क्रम जारी रहने र उहाँहरुको नाम समेत आगामी कार्यक्रमहरुमा उल्लेख गर्दै सम्मान गरिने छ ।
उक्त विद्यालयले अक्षय कोषमा सहयोग गर्न चाहने दाताहरुले विद्यालयका अध्यक्ष टिकाराम स्याङ्तानको मोवाइल नम्बर ९८४४५५८२३३ र प्रधानाध्यापक मानध्वज बम्जनको मोवाइल नम्बर ९७४६४९५७५८ मा सम्पर्क गरेर विस्तृत जानकारी लिन सकिने समेत उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...