Badapatra Online

सिन्धुलीमा फागुन ५ बाट पहिलोपटक जिल्ला स्तरीय खेलकुद महोत्सब हुदै

Advertisement

सिन्धुली । सिन्धुलीमा पहिलो पटक जिल्ला स्तरीय खेलकुद महोत्सब हुने भएको छ ।
सिन्धुली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला समन्वय समिति सिन्धुलीको समन्वयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा खेलकुद महोत्सव हुने भएको हो ।
‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराको साथ जिल्लामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब २०८१ गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिर बहादुर थिङ् तामाङ्ले जानकारी दिए ।
‘खेलकुद महोत्सव यही फागुन ५ गते बाट १३ गतेसम्म आयोजना गरिने छ । प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब १३ गते सम्म सिन्धुलीमाढी स्थित खुल्ला मंचमा संचालन हुने छ,’ लामाङले भने ।
महोत्सबमा फुट्बल, क्रिकेट, व्याडमिन्टन, कबड्डी, कराँते, तेक्वान्दो, एथलेटिक्स, म्याराथन, बक्सिङ लगाएतका १० ओटा खेल खेलाईने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

खेलकुदको माध्यामबाट सामूहिक भावनाको विकास गराई स्थानिय स्तरबाटै खेल र खेलाडीको विकासमा सहयोग पु¥याउने उद्देश्यले प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब २०८१ संचालन गर्न लागिएको हो ।
महोत्सवमा आयोजना हुने प्रतियोगितामा जिल्लाका १ हजार ३ सय ४५ जना खेलाडीहरूको सहभागिता रहने छ । प्रतियोगितामा विजेता खेलाडीहरु र सहभागीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने छ भने समग्र टिममा मेडलको आधारमा प्रथम, द्धितिय र तृतीय पालिकालाई उत्कृष्ट ट्रफि समेत प्रदान गरिने बताइएको छ ।फागुन ५ गतेबाट सुरु हुने खेलमा सहभागि खेलाडीहरुलाई खेल अवधि सम्म खाना,खाजाको व्यवस्था गरिएको छ। र खेलमा सहभागी हुन स्थायी ठेगाना सिन्धुली हुनु पर्ने र खेलाडीहरूले आफ्नो पालिकाको नाम उल्लेख गरिएको पोसाक लागाउनु पर्ने छ।
साथै प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सबमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने आयोजगले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...