Badapatra Online

सिन्धुलीमा फागुन ५ बाट पहिलोपटक जिल्ला स्तरीय खेलकुद महोत्सब हुदै

Advertisement

सिन्धुली । सिन्धुलीमा पहिलो पटक जिल्ला स्तरीय खेलकुद महोत्सब हुने भएको छ ।
सिन्धुली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला समन्वय समिति सिन्धुलीको समन्वयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा खेलकुद महोत्सव हुने भएको हो ।
‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराको साथ जिल्लामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब २०८१ गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिर बहादुर थिङ् तामाङ्ले जानकारी दिए ।
‘खेलकुद महोत्सव यही फागुन ५ गते बाट १३ गतेसम्म आयोजना गरिने छ । प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब १३ गते सम्म सिन्धुलीमाढी स्थित खुल्ला मंचमा संचालन हुने छ,’ लामाङले भने ।
महोत्सबमा फुट्बल, क्रिकेट, व्याडमिन्टन, कबड्डी, कराँते, तेक्वान्दो, एथलेटिक्स, म्याराथन, बक्सिङ लगाएतका १० ओटा खेल खेलाईने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

खेलकुदको माध्यामबाट सामूहिक भावनाको विकास गराई स्थानिय स्तरबाटै खेल र खेलाडीको विकासमा सहयोग पु¥याउने उद्देश्यले प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब २०८१ संचालन गर्न लागिएको हो ।
महोत्सवमा आयोजना हुने प्रतियोगितामा जिल्लाका १ हजार ३ सय ४५ जना खेलाडीहरूको सहभागिता रहने छ । प्रतियोगितामा विजेता खेलाडीहरु र सहभागीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने छ भने समग्र टिममा मेडलको आधारमा प्रथम, द्धितिय र तृतीय पालिकालाई उत्कृष्ट ट्रफि समेत प्रदान गरिने बताइएको छ ।फागुन ५ गतेबाट सुरु हुने खेलमा सहभागि खेलाडीहरुलाई खेल अवधि सम्म खाना,खाजाको व्यवस्था गरिएको छ। र खेलमा सहभागी हुन स्थायी ठेगाना सिन्धुली हुनु पर्ने र खेलाडीहरूले आफ्नो पालिकाको नाम उल्लेख गरिएको पोसाक लागाउनु पर्ने छ।
साथै प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सबमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने आयोजगले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा ग्रामिण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउ...
ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा टाइम्स अफ डे मिटरिङ...
सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

काठमाडौं : सरकारले आयोजना गर्ने सगरमाथा संवादमा विदेशी पाहुनासहित कम्तीमा ३५० जना सहभागी हुने भएका छन्। प्रधानमन्त्री कार्यालयले आ...
गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । गोलन्जोर गाउँपालिका ३ ग्वाल्ट...