सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारी नजिकै गौतमी गंगाको तटमा त्रयम्बकेश्वर ज्योतिर्लिङ्ग उत्पती स्थलमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ ।
आगामी फागुन ७ गते बुधबारबाट १५ गते बिहिबारसम्म श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको हो ।
शिवपुराण, स्कन्दपुराण, वृहद् विष्णुपुराण र वाल्मिकी रामायण आदी धर्मग्रन्थहरुमा वर्णन गरिएको १२ ज्योतिर्लिङ्ग मध्ये प्रसिद्ध आठौं त्रयम्बकेश्वर जोतिर्लिङ्ग पवित्र गौमती तटमा विराजमान रहेको धार्मीक विश्वास छ ।
पृथ्वीका दुहादश ज्योतिर्लिङ्गंहरुमध्ये आठौं ज्यातिर्लगं त्रयम्बकेश्वर ज्योतिर्लिङ्ग सास्त्रीय आधारका साथ उत्पती हुनुभएको थियो भन्ने विश्वासका साथ नेपालका प्रथम जगतगुरु बालशन्त मोहनसरण देवाचार्य महाराजश्रीगुरुले २०७६ साल मंसिर २४ गते उक्त स्थानमा त्रयम्बकेश्वर ज्योतिर्लिङ्गको प्राणप्रतिष्ठान गरेका थिए ।

सोही मन्दिरलाई पुनर्निर्माण, त्रयम्बकेश्वर ज्योतिर्लिङ्ग उत्पतीको कथा, गौतम ऋषी र गौतम ऋषीपत्नीअहिल्या गौतमी गंगाको महत्व र महिमाका बारेमा प्रचार प्रसार गर्न उक्त पवित्र स्थालमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको त्रयम्बकेश्वर ज्योतिर्लिङ्ग मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर जर्गामगरले बताए ।
कमलामाई नगरपालिका २ चियाबारीबाट करिव २ किलोमिटर उत्तरपट्टी रहेको ब्रह्मगिरी पर्वतको फेदमा महर्षि गौतम र माता अहिल्याको पौराणीक तपस्थली धर्मग्रन्थहरुमा उल्लेख भएअनुसार पवित्र तथा सास्त्रीय रुपमा चर्चित त्रयम्बकेश्वर ज्योतिर्लिङ्ग उत्पती स्थल भएको विश्वास छ ।
स्थानीय तथा महायज्ञ प्रचारप्रसार समितिका टलक थापा ‘थकित’ का अनुसार त्यस ठाउँमा ऋषिवर गौतमकै तपोबलबाट प्रकट भएकी पवित्र देव नदी गौमती नदीको उद्गम स्थल छ । त्यसै गौमती नदीको उद्गम स्थलमा विराजमान पौराणीक एवम् ऐतिहासिक गौतम तीर्थ विराजमान रहेको बताइन्छ ।
‘शिवपुराण, स्कन्दपुराण, वृहद् विष्णुपुराण र वाल्मिकी रामायण आदी धर्मग्रन्थहरुमा वर्णन गरिएको १२ ज्योतिर्लिङ्ग मध्ये प्रसिद्ध आठौं त्रयम्बकेश्वर जोतिर्लिङ्ग पवित्र गौमती तटमा विराजमान पवित्र धार्मीकस्थलको विकास र उन्नयनका लागि महायज्ञको आयोजना गरिएको हो,’ उनले थपे ।
उक्त स्थलका बारेमा नेपालका प्रथम जगतगुरु बालशन्त मोहनसरण देवाचार्य महाराजश्रीगुरुले २०७६ सालमा जानकारी गराएपछि बल्ल त्यसको महिमा र प्रचार गर्न थालिएको हो ।
त्यस अघि त्यति महत्व नदिएको उक्त मन्दिरमा अहिले भने स्थानीहरु एक जुट भएर पवित्र धार्मीक स्थलका रुपमा प्रचार प्रसार थालेका छन् ।
फागुन ७ गतेबाट सुरुहुने श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा नेपालका प्रथम जगतगुरु बालशन्त मोहनसरण देवाचार्य महाराजश्रीगुरुलेनै कथा वाचन गर्ने मन्दिर व्यवस्थापन समिति तथा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ आयोजक मुल समारोह समितिका संयोजक दानबहादुर जर्गामगरको भनाई छ ।
सप्ताहमा साथसाथै त्रयम्बकेश्वर ज्योतिर्लिङ्ग उत्पतीको कथा, गौतम ऋषी र गौतम ऋषीपत्नी अहिल्या गौतमी गंगाको महत्व र महिमाका बारेमा सुन्न सकिने छ ।
यस पवित्र धार्मीक स्थल पुग्न राजधानी काठमाण्डौंबाट वीपी राजमार्ग हुँदै करिव १ सय १० किलोमिटर यात्रा गरेर आउन सकिन्छ । पूर्वबाट मध्येपहाडी लोकमार्ग हुँदै खुर्कोट निस्केपछि विपी राजमार्गबाट करिव ३० किलोमटिर र हेटौंडा हुँदै मदन भण्डारी राजमार्गबाट करिव दुई घण्टाको यात्रामा पुग्न सकिन्छ । मध्यतराई तथा पूर्वबाट मदनभण्डारी र बर्दिबास स्थित वीपी राजमार्ग दुबैको प्रयोग गरेर उक्त स्थानमा पुग्न सकिन्छ ।


