सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका अध्यक्ष कपको उपाधि वडानम्बर पाँचले जितेको छ ।
हरिहरपुरगढी गाउँपालिकाको प्रायोजन तथा युवा तथा खेलकुद विकास समितिद्धारा आयोजित पाँचौ अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले जितेको हो । बिहिबार वडा नम्बर ८ र ५ नम्बर वडाबिच भएको फुटबल प्रतियोगितामा २–० गोल अन्तरले वडा नम्बर ५ विजयी भएको हो ।
विजेता तथा उपविजेता वडालाई हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकरा तथा वडाअध्यक्षहरु र गाउँपालिकाका शाखागत कर्मचारीहरुको उपस्थितीमा नगद, शिल््ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको छ ।