Badapatra Online

ब्याक टु लाईफको सहयोगमा गोलन्जोरमा एकै साथ तिन अस्पताल भवन निर्माण गरिँदै

Advertisement

ग्वाल्टार । ब्याक टु लाईफको सहयोगमा जिल्लाको गोलन्जोर गाउँपालिकमा एकैसाथ तिनबाट अस्पतालको निर्माण थालिएको छ ।
गाउँपालिकाका विभन्नि वडाहरुमा सुविधा सम्पन्न सामुदायिक स्वास्थ्य केन्द्र भवन निर्माण थालिएको हो ।
गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेका अनुसार गाउँपालिकाको घोक्सिला, तीनकन्याको किराँते र माझकुविण्डेमा सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माण थालिएको हो ।
केहीदिन अघि गाउँपालिकाका अध्यक्ष शंकरराज बराल तथा उपाध्यक्ष न्यौपानेले संयुक्त रुपमा एकै पटक अस्पताल भवनको शिलान्यास गरेपनि निर्माण कार्यले तिव्रता पाएको बताइएको छ ।
ब्याक टु लाइफका निर्देशक अच्युत प्रसाद पौडेलका अनुसार गोलन्जोर गाउँपालिकाको वडा नम्बर ४ को किराँते सामुदायिक स्वास्थ्य केन्द्र, माझकुविन्डेमा रहेको तीनकन्या सामुदायिक स्वास्थ्य केन्द्र र घोक्सीला सामुदायिक स्वास्थ्य केन्द्रको भवन एकैसाथ निर्माण थालिएको हो ।
ब्याक टु लाइफ इभि जर्मनी नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । यस संस्थाले सवस्थ्य केन्द्रहरुको भवन निर्माणका लागि ४ करोड ७१ लाख रुपैंया बराबरको लगानी गर्दै छ । ब्याक टु लाइफको स्थानीय साझेदार संस्था समुदाय पद्धति विकास सेवा (सिएसडिएस) सिन्धुलीका ओभरसियर करण कार्कीका अनुसार नेपाल सरकारले तोकेको हेल्थपोस्ट मापदण्ड अनुसार सबै भवनहरुको डिजाइन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मावि मरिण खयरसाललाई खेलकुद सामाग्री हस्तान्तरण

मावि मरिण खयरसाललाई खेलकुद सामाग्री हस्तान्तरण

सिन्धुली । मरिण गाउँपालिका ४ स्थित श्री मावि मरिण खयरसाललाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । सोमबार मरिण गाउँपालिकाका अध्यक्...
सुनकोसी नदीमा पौडी खेल्ने क्रममा डुब्दा सिन्धुलीका ढकालको मृत्यु

सुनकोसी नदीमा पौडी खेल्ने क्रममा डुब्दा सिन्धुलीका ढकालको मृत्यु

सिन्धुली । सिन्धुलीमा पौडी खेल्नेक्रममा सुनकोसी नदीमा डुब्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको फिक्कल गाउँपालिका ४ खाङसाङबेसी स्थ...
ब्याक टु लाइफ इभी जर्मनी’को सहयोगमा गोलन्जोरमा विद्यालय भवनको शिलान्यास

ब्याक टु लाइफ इभी जर्मनी’को सहयोगमा गोलन्जोरमा विद्यालय भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ४ तिनकन्या स्थित श्री बदशाला माध्यमिक विद्यालय दिङदिङ किरातेको विद्यालय भवन निर्माण थालि...
गोलन्जोरमा तिन विद्यालय र १५ घरमा क्षेती, दर्जनौं घर पहिरोको उच्च जोखिममा

गोलन्जोरमा तिन विद्यालय र १५ घरमा क्षेती, दर्जनौं घर पहिरोको उच्च जोखिममा

सिन्धुली । गत शुक्रबारदेखि परेको अविरल वर्षासंगै आएको बाढी र पहिरोका कारण सिन्धुलीको गोलन्जोर गाउँपालिकामा मात्र तिन विद्यालय र १५...