Badapatra Online

ब्याक टु लाईफको सहयोगमा गोलन्जोरमा एकै साथ तिन अस्पताल भवन निर्माण गरिँदै

Advertisement

ग्वाल्टार । ब्याक टु लाईफको सहयोगमा जिल्लाको गोलन्जोर गाउँपालिकमा एकैसाथ तिनबाट अस्पतालको निर्माण थालिएको छ ।
गाउँपालिकाका विभन्नि वडाहरुमा सुविधा सम्पन्न सामुदायिक स्वास्थ्य केन्द्र भवन निर्माण थालिएको हो ।
गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेका अनुसार गाउँपालिकाको घोक्सिला, तीनकन्याको किराँते र माझकुविण्डेमा सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माण थालिएको हो ।
केहीदिन अघि गाउँपालिकाका अध्यक्ष शंकरराज बराल तथा उपाध्यक्ष न्यौपानेले संयुक्त रुपमा एकै पटक अस्पताल भवनको शिलान्यास गरेपनि निर्माण कार्यले तिव्रता पाएको बताइएको छ ।
ब्याक टु लाइफका निर्देशक अच्युत प्रसाद पौडेलका अनुसार गोलन्जोर गाउँपालिकाको वडा नम्बर ४ को किराँते सामुदायिक स्वास्थ्य केन्द्र, माझकुविन्डेमा रहेको तीनकन्या सामुदायिक स्वास्थ्य केन्द्र र घोक्सीला सामुदायिक स्वास्थ्य केन्द्रको भवन एकैसाथ निर्माण थालिएको हो ।
ब्याक टु लाइफ इभि जर्मनी नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । यस संस्थाले सवस्थ्य केन्द्रहरुको भवन निर्माणका लागि ४ करोड ७१ लाख रुपैंया बराबरको लगानी गर्दै छ । ब्याक टु लाइफको स्थानीय साझेदार संस्था समुदाय पद्धति विकास सेवा (सिएसडिएस) सिन्धुलीका ओभरसियर करण कार्कीका अनुसार नेपाल सरकारले तोकेको हेल्थपोस्ट मापदण्ड अनुसार सबै भवनहरुको डिजाइन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...