Badapatra Online

कपिलाकोट मावि मरिणको ६४ औँ बाषिकोत्सव तथा अभिभावक दिवस भव्यरुपमा सम्पन्न

Advertisement

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका ७ महेश्वता छापमा रहेको श्री कपिलकोट माध्यमिक विद्यालय छाप–महेश्वताको ६४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठ (उत्साह) को अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यता तथा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को विशिष्ट आतिथ्यतामा भएको हो ।
बाषिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथी तथा प्रतिनिधिसभा सदस्य राजन दाहालले छोटो समयमानै कपिलाकोट माविमा धेरै प्रगती गरेको उल्लेख गर्दै नेतृत्व सक्षम भए काममा पनि प्रगती देखिने बताउँनुभयो ।
विद्यालयले छात्रवृद्धि कोष स्थापना गर्दै विद्यार्थीहरुमा रचनात्मक र सिर्जनात्मक गतिविधिहरु संगै अनुशासनलाई जोड दिँदा विद्यालयको शैक्षिक वातावरणमा समेत अब्बलता देखिँदै गएको उहाँको भनाई छ । विद्यालयले अभिभावक र विद्यार्थीहरुमा आत्मविश्वास बढाउन सके मात्रै विद्यार्थीहरुको चाप बढ्ने उहाँले बताउनुभयो ।
मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले कपिलाकोट माविलाई नमुना विद्यालय बनाउन स्थानिय सरकारले कुनै पनि कसुर बाँकी नराख्ने उल्लेख गर्नुभयो । उहाँले अहिले सम्म विद्यालयले प्रस्ताव गरेको अधिकांश कार्यक्रमहरुमा गाउँपालिकाले सहयोग गर्दै आएको बताउनुभयो ।
माओवादी केन्द्र मरिण गाउँसमितिका अध्यक्ष काजीमान थिङले पछिल्लो समय अंग्रेजी भाषा पढाउने बाहानामा अभिभावकहरुले बालबालिकाहरुलाई निजी विद्यालय रोज्दा सामुदायिक विद्यालयहरुमा विद्यार्थी घढ्दै गएको बताउनुभयो ।
वार्षिकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक अमृतसिं घिसिङले आर्थिक बर्ष २०८०÷०८१ को कुल ४ करोड १० लाख ३२ हजार ६ सय ३१ रुपैंया बराबरको आर्थिक आयव्यय प्रस्तुत गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक घिसिङले विद्यालयको शैक्षिक सुधारका प्रयास, तत्कालिन, अल्पकालीन र दिर्घकालीन योजनाहरु समेत सार्वजनिक गर्नुभएको छ ।
बाषिकोत्सवको अवसरमा विद्यालयले छात्रवृत्ति अक्षयकोषबाट प्राप्त भएको २ लाख ६९ हजार रुपैयाँ आर्थिक रुपमा गरिव, विपन्न, जेहेदार र पिछडिएका १ सय ८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।
विद्यालयले उत्कृष्ट शिक्षक, कर्मचारीका साथै छात्रवृत्ति कोषका संस्थापक सदस्यहरुलाई सम्मान समेत गरेको छ । कार्यक्रममा मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, छात्रवृत्तिकोषका संस्थापक सदस्यहरु, अभिभावक, शिक्षा प्रेमी, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा ग्रामिण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउ...
ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा टाइम्स अफ डे मिटरिङ...
सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

काठमाडौं : सरकारले आयोजना गर्ने सगरमाथा संवादमा विदेशी पाहुनासहित कम्तीमा ३५० जना सहभागी हुने भएका छन्। प्रधानमन्त्री कार्यालयले आ...
गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । गोलन्जोर गाउँपालिका ३ ग्वाल्ट...