Badapatra Online

प्रथम सिन्धुली खेलकुद महोत्सवका प्रतिस्पर्धात्मक खेलहरु सम्पन्न, मंगलबार महोत्सवको समापन

Advertisement

सिन्धुली – प्रथम जिल्ला खेलकुद महोत्सव २०८१ अन्तर्गत पाचौँ दिन विभिन्न विधाका खेलहरु सम्पन्न भएका छन् । फागुन ८ गतेबाट सञ्चालन भएको खेल महोत्सवको पाचौँ दिन विभिन्न पालिका विच भएको प्रतिस्पर्धामा एथलेटिक्स, भलिबल र फुटबल लगायतका खेलहरु सम्पन्न भएको हो ।
खेलकुद महोत्सव अन्तर्गत सञ्चालन भएको एथलेटिक्स अन्तर्गत ३ सय मिटर दौडमा पुरुष तर्फ भएको प्रतिस्पर्धामा कमलामाई नगरपालिका पहिलो, मरिण गाउँपालिका दोस्रो र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । त्यसैगरि ३ सय मिटर दौडमा महिला तर्फ कमलामाई नगरपालिका र मरिण गाउँपालिका बिच प्रतिस्पर्धा भएको थियो । जसमा कमलामाई नगरपालिका पहिलो र मरिण गाउँपालिका दोस्रो भएको छ ।
यसैगरी खेलकुद महोत्सव अन्तर्गत सञ्चालन भएको भलिबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । जसमा भलिबलमा पुरुष तर्फ कमलामाई नगरपालिका पहिलो, तीनपाटन गाउँपालिका दोस्रो र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । बेस्ट प्लेयर्स टु टुर्नामेन्टको उपाधी कमलामाई नगरपालिकाका जर्सी नम्बर ७ का सरोज हायुले पाएका छन् । यसैगरी भलिबलमा महिला तर्फ तीनपाटन गाउँपालिका पहिलो, कमलामाई नगरपालिका दोस्रो र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । जसमा बेस्ट प्लेयर्स टु टुर्नामेन्टको उपाधी कमलामाई नगरपालिकाका जर्सी नम्बर ७ का यशोधा श्रेष्ठले पाएका छन् ।
त्यस्तै फुटबलमा महिला तर्फ हरिहरपुरगढी गाउँपालिका र मरिण गाउँपालिका बिच प्रतिस्पर्धा भएको थियो । जसमा २–० को अन्तरमा मरिण गाउँपालिकालाई पछि पार्दै हरिहरपुरगढी गाउँपालिका पहिलो भएको छ । साथै पुरुष तर्फ फुटबलमा कमलामाई नगरपालिका र हरिहरपुरगढी गाउँपालिका बिच फाइनल खेल भोली हुने आयोजक टिमले बताएका छन् ।
‘स्वास्थ्यको लागि खेलकुद तथा राष्ट्रका लागि खेलकुद‘ भन्ने नाराका साथ फागुन ८ गते देखि सुरु भएको खेलकुद महोत्सव फागुन १३ गते अर्थात भोली समापन हुने छ । खेलकुद महोत्सवमा फुटबल, क्रिकेट, कराँते, एथलेटिक्सस लागायतका खेलहरु भएका छन् । जसमा ९ वटै पालिकाका खेलाडीहरू सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा ग्रामिण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउ...
ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा टाइम्स अफ डे मिटरिङ...
सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

काठमाडौं : सरकारले आयोजना गर्ने सगरमाथा संवादमा विदेशी पाहुनासहित कम्तीमा ३५० जना सहभागी हुने भएका छन्। प्रधानमन्त्री कार्यालयले आ...
गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । गोलन्जोर गाउँपालिका ३ ग्वाल्ट...