Badapatra Online

उपाध्यक्ष न्यौपानेको प्रमुख आतिथ्यतामा बहुउद्धेश्यीय सामुदायिक भवनको शिलान्यास

Advertisement

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा बहुउद्धेश्यीय सामुदायिक भवनको शिलान्यास गरिएको छ ।
बुधबार एक कार्यक्रमका विच गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) को प्रमुख आतिथ्यतामा उक्त भवनको शिलान्यास गरिएको हो ।
शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत नयाँ शहर आयोजना कार्यालय खुर्कोट कुल लागत ७ करोड लागतमा उक्त बहुउद्धेश्यीय सामुदायिक भवन निर्माण गर्न लागिएको हो ।
भवनको शिलान्यास गर्नु हुँदै गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी न्यौपानेले भवन निर्माणको काम सुरु हुनु निक्कैनै खुसीको कुरा भएको र यसले समग्र खुर्कोटको विकासमा मद्धत पु¥याउँने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले भवनको समयमानै निर्माण सक्न सम्बद्ध पक्षसंग आग्रह गर्नु भयो । कार्यक्रममा उपाध्यक्ष न्यौपानले सरकारले निर्माण गरिरहेको नयाँ सशह आयोजना अन्तरगत खुर्कोटका किसानहरुको रोकिएको जग्गा र त्यसको लालपुर्जा तत्काल किसानलाई वितरण गर्ने कार्य गर्न आग्रह गर्नु भएको छ ।
‘आयोजनाको काम जे जती भएको छ त्यो ठिकै छ । अव आयोजनाले यहाँका किसानहरुको जग्गाको लालपुर्जा तत्काल वितरण गर्नेगरी काम गर्नुपर्दछ,’ उहाँलेभ भन्नुभयो ।
जग्गा विकास समितिका अध्यक्ष टीका बहादुर देवकोटाको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा वडा अध्यक्ष रेगनराज थापा, कृष्णप्रसाद पोखरेल, रविन श्रेष्ठ र खुर्कोटका अन्य बुद्धिजीवीहरुको समेतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको सन्चालन नयाँ शहर आयोजना कार्यालय खुर्कोटका आयोजना प्रमुख सन्तोष निरौलाले गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा ग्रामिण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउ...
ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा टाइम्स अफ डे मिटरिङ...
सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

काठमाडौं : सरकारले आयोजना गर्ने सगरमाथा संवादमा विदेशी पाहुनासहित कम्तीमा ३५० जना सहभागी हुने भएका छन्। प्रधानमन्त्री कार्यालयले आ...
गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । गोलन्जोर गाउँपालिका ३ ग्वाल्ट...