Badapatra Online

उपाध्यक्ष न्यौपानेको प्रमुख आतिथ्यतामा बहुउद्धेश्यीय सामुदायिक भवनको शिलान्यास

Advertisement

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा बहुउद्धेश्यीय सामुदायिक भवनको शिलान्यास गरिएको छ ।
बुधबार एक कार्यक्रमका विच गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) को प्रमुख आतिथ्यतामा उक्त भवनको शिलान्यास गरिएको हो ।
शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत नयाँ शहर आयोजना कार्यालय खुर्कोट कुल लागत ७ करोड लागतमा उक्त बहुउद्धेश्यीय सामुदायिक भवन निर्माण गर्न लागिएको हो ।
भवनको शिलान्यास गर्नु हुँदै गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी न्यौपानेले भवन निर्माणको काम सुरु हुनु निक्कैनै खुसीको कुरा भएको र यसले समग्र खुर्कोटको विकासमा मद्धत पु¥याउँने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले भवनको समयमानै निर्माण सक्न सम्बद्ध पक्षसंग आग्रह गर्नु भयो । कार्यक्रममा उपाध्यक्ष न्यौपानले सरकारले निर्माण गरिरहेको नयाँ सशह आयोजना अन्तरगत खुर्कोटका किसानहरुको रोकिएको जग्गा र त्यसको लालपुर्जा तत्काल किसानलाई वितरण गर्ने कार्य गर्न आग्रह गर्नु भएको छ ।
‘आयोजनाको काम जे जती भएको छ त्यो ठिकै छ । अव आयोजनाले यहाँका किसानहरुको जग्गाको लालपुर्जा तत्काल वितरण गर्नेगरी काम गर्नुपर्दछ,’ उहाँलेभ भन्नुभयो ।
जग्गा विकास समितिका अध्यक्ष टीका बहादुर देवकोटाको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा वडा अध्यक्ष रेगनराज थापा, कृष्णप्रसाद पोखरेल, रविन श्रेष्ठ र खुर्कोटका अन्य बुद्धिजीवीहरुको समेतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको सन्चालन नयाँ शहर आयोजना कार्यालय खुर्कोटका आयोजना प्रमुख सन्तोष निरौलाले गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...