Badapatra Online

गोलन्जोर गाउँपालिकाका बाढी पहिरो पीडितलाई राहात सामाग्री वितरण

Advertisement

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका बाढी पीडितले बल्ल राहात पाएका छन् ।
गत असोज ११ र १२ गते रोसी र सुनकोसी नदीमा आएको बाढीका कारण घरबार बिहिन भएका पीडितहरुलाई गोलन्जोर गाउँपालिकाले प्लान नेपालको सहकार्यमा मंगलबार राहात सामाग्री प्रदान गरेको हो ।
गाउँपालिकाको वडा नम्बर ७, ६, ४ र ३ नम्बर वडाका १ सय २८ जना बाढी पहिरो पीडितलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, स्वास्थ्य सामाग्री, लागयतका राहात सामाग्री प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढी पहिरो पीडितहरुलाई जनही २५ हजार रुपैयाँ बारबरको राहत प्याकेज वितरण गरिएको छ ।

राहत वितरणमा गाउँपालिकाका अध्यक्ष शंकर राज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, वाड नमबर ७ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता रेगनराज थापा, वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद पोखरेल लगायतका जनप्रतिनिधि, प्लान नेपालका प्रतिनिधि, (जेएसडिपी)का जनप्रतिनिधि, कर्मचारी, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
सुनकोशी नदीमा आएको बाढीका कारण गाउँपालिकाको वडा नम्बर ७ स्थित खुर्कोट बजार, बलेनी, दिङदिङ वेसी, च्याकुटारबेसी, मुर्कीबेसी, कुखुरेटार लगायतका क्षेत्रमा प्रभाव परेको थियो ।
यस अघि पनि गाउँपालिकाले पिडितहरुलाई राहात सामाग्री वितरण, पिडितको चारसय रोपनीबढी खेत पुनर्निर्माण गरेर खेतियोग्य बनाउनुका साथै, विद्यालय सफाई तथा पुनर्निर्माण, १४ वटा खानेपानीका योजना पुनर्निर्माण, अबरुद्ध विद्युत निर्माण, अबरुद्ध खडक संचालन लगायतको काम गरिसकेको छ ।
बाढीले गाउँपालिकाको प्रावि च्याकुटारवेसी, प्रावि मुर्कीबेसी र प्रावि बलेनी लगायतका १३ वटा विद्यालयमा क्षेती पु¥याएको थियो । बाढीले क्षेती पु¥याएको मध्यपहाडी लोकमार्ग भने अझै निर्माण सुरु भएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा ग्रामिण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउ...
ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा टाइम्स अफ डे मिटरिङ...
सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

काठमाडौं : सरकारले आयोजना गर्ने सगरमाथा संवादमा विदेशी पाहुनासहित कम्तीमा ३५० जना सहभागी हुने भएका छन्। प्रधानमन्त्री कार्यालयले आ...
गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । गोलन्जोर गाउँपालिका ३ ग्वाल्ट...