Badapatra Online

गोलन्जोर गाउँपालिकाका बाढी पहिरो पीडितलाई राहात सामाग्री वितरण

Advertisement

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका बाढी पीडितले बल्ल राहात पाएका छन् ।
गत असोज ११ र १२ गते रोसी र सुनकोसी नदीमा आएको बाढीका कारण घरबार बिहिन भएका पीडितहरुलाई गोलन्जोर गाउँपालिकाले प्लान नेपालको सहकार्यमा मंगलबार राहात सामाग्री प्रदान गरेको हो ।
गाउँपालिकाको वडा नम्बर ७, ६, ४ र ३ नम्बर वडाका १ सय २८ जना बाढी पहिरो पीडितलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, स्वास्थ्य सामाग्री, लागयतका राहात सामाग्री प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढी पहिरो पीडितहरुलाई जनही २५ हजार रुपैयाँ बारबरको राहत प्याकेज वितरण गरिएको छ ।

राहत वितरणमा गाउँपालिकाका अध्यक्ष शंकर राज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, वाड नमबर ७ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता रेगनराज थापा, वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद पोखरेल लगायतका जनप्रतिनिधि, प्लान नेपालका प्रतिनिधि, (जेएसडिपी)का जनप्रतिनिधि, कर्मचारी, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
सुनकोशी नदीमा आएको बाढीका कारण गाउँपालिकाको वडा नम्बर ७ स्थित खुर्कोट बजार, बलेनी, दिङदिङ वेसी, च्याकुटारबेसी, मुर्कीबेसी, कुखुरेटार लगायतका क्षेत्रमा प्रभाव परेको थियो ।
यस अघि पनि गाउँपालिकाले पिडितहरुलाई राहात सामाग्री वितरण, पिडितको चारसय रोपनीबढी खेत पुनर्निर्माण गरेर खेतियोग्य बनाउनुका साथै, विद्यालय सफाई तथा पुनर्निर्माण, १४ वटा खानेपानीका योजना पुनर्निर्माण, अबरुद्ध विद्युत निर्माण, अबरुद्ध खडक संचालन लगायतको काम गरिसकेको छ ।
बाढीले गाउँपालिकाको प्रावि च्याकुटारवेसी, प्रावि मुर्कीबेसी र प्रावि बलेनी लगायतका १३ वटा विद्यालयमा क्षेती पु¥याएको थियो । बाढीले क्षेती पु¥याएको मध्यपहाडी लोकमार्ग भने अझै निर्माण सुरु भएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...