सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका १ सुलिथुम्का स्थीत विन्दबासीनी मन्दिरमा जनसाँस्कृतिक महासंघ गोलन्जोरको प्रथम भेला तथा बृहत्त साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
जनसाँस्कृतिक महासंघ सिन्धुलीका अध्यक्ष रादिप सुनुवारको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य शुष्पा भुजेलको प्रमुख आतिथ्यतामा भएको भेलाले गणेश सुनुवारको अध्यक्षतामा १३ सदस्य महासंघको गोलन्जोर गाउँ कमिटि गठन गरिएको छ ।

लोकदोहोरीका चर्चीत कलाकारहरुको सांगितिक प्रस्तुती सहित आयोजना गरिएको कार्यक्रममा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार), जनसाँस्कृतिक महासंघ बागमती प्रदेश समितिका सचिव काजीमान थिङको विशेष आतिथ्यता रहेको थियो ।
भेलामा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य शुष्पा भुजेल, गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार), जनसाँस्कृतिक महासंघ बागमती प्रदेश समितिका सचिव काजीमान थिङले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यस्तै कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सोम प्रसाद बरालले स्वागत गर्नुभएको थियो । सो क्रममा वडा अध्यक्ष बरालले स्वागत मन्तव्य राख्दै सुलिथुम्का स्थीत विन्दबासीनी मन्दिर क्षेत्रलाई आन्तिरीक तथा बाह्य पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न स्थानीय सरकार र प्रदेश सरकारको तर्फबाट आवश्यक पहल गरिदिन आग्रह समेत गर्नुभएको थियो ।

कार्यक्रममा गोलन्जोर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद पोखरेल, माओवादी केन्द्र गोलन्जोर गाउँपालिकाका अध्यक्ष रोशन श्रेष्ठ, सचिव देवकुमार श्रेष्ठ लगायतका स्थानीय शिक्षक, बुद्धिजिवीको बाक्लो उपस्थिती रहेको थियो ।



