Badapatra Online

सिन्धुली उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

Advertisement

सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीको अध्यक्षमा पुनः अर्जुन कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
फागुन २७ गते सम्पन्न निर्वाचनबाट श्रेष्ठ ५ सय ९७ मत सहित पुनः अध्यक्षमा निर्वाचित हुन भएको हो ।
श्रेष्ठ अध्यक्षका प्रतिस्पर्धी स्वतन्त्र उमेदवार राजकुमार श्रेष्ठलाई २ सय ९ मतले पछि पार्दै विजयी हुनुभएको हो । । राजकुमारले ३ सय ८८ मत प्राप्त गर्नुभएको थियो ।
संघको १३ पदका लागि भएको मतदानबाट बरिष्ठ उपाध्यक्षमा देवनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठ गठबन्धनका साझा उमेदवार विरवल चौधरीलाई ४५ मतको अन्तरले पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।
यस्तै महासचिवमा गठबन्धनका साझा उमेदवार बासु भेटुवाल निर्वाचित हुनुभएको छ । उहाँले स्वतन्त्र उमेदवार मेघ बहादुर कार्कीलाई पराजित गर्नुभएको हो । भेटुवालले ६ सय ४६ मत प्राप्त गर्दाे कार्कीलाई २ सय ६६ मत प्राप्त भएको थियो ।
यस्तै उपमहासचिवमा पनि स्वतन्त्र उमेदवार विजयी हुनुभएको छ । स्वतन्त्र उमेदवार नेत्रजंग थापा ४ सय ३० मत प्राप्त गर्दै विजयी हुनुभयो भनेउहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका उमेदवार युवराज श्रेष्ठ पराजित हुनुभयो ।
श्रेष्ठले ३७४ मत प्राप्त गर्नुभएको थियो भने अर्का प्रतिस्पर्धि स्वतन्त्र उमेदवार सोनी कुमारी झाले १ सय ४ मत प्राप्त गर्नुभयो । यसैगरि महिला सचिवमा गठबन्धनका साझा उमेदवार सृजना श्रेष्ठ ५ सय ४१ मत सहित विजयी हुनभएको छ । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उमेदवार रेजिना श्रेष्ठले ३ सय ४१ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै वस्तुगत उपाध्यक्षमा रामकुमार राजभण्डारी विजयी हुनुभयो । १४ मत मध्ये ११ मत प्राप्त गर्दै राजभण्डारी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी स्वतन्त्र उमेदवार विजय कुमार बस्नेत पराजित बन्नुप¥यो ।
यस्तै पाँच जना खुल्ला सदस्यका लागि भएको निर्वाचनमा सञ्जय शाह, हिमेश श्रेष्ठ, राजकुमार श्रेष्ठ, राम बहादुर विश्वकर्मा र रामचन्द्र पौडेल विजयी हुनुभएको छ ।

संघको जिल्ला कार्यसमितिमा यसअघि नै आठ पदाधिकारी निर्विरोध निर्वाचित हुनुभएको थियो । निर्विरोध हुनुहुनेहरुमा उद्योग उपाध्यक्षमा रामभक्त श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा नविन श्रेष्ठ, शाखा उपाध्यक्षमा नरेन्द्र कुमार कर्मचार्य, महिला उपाध्यक्षमा टिका कुमारी थापा, वाणिज्य सचिवमा गोविन्द खड्का, उद्योग सचिवमा प्रकाश काफ्ले, कोषाध्यक्षमा विष्णु कुमार श्रेष्ठ, सहकोषाध्यक्षमा लालमान तामाङ रहनुभएको छ ।
यस्तै आजिवन तर्फ सदस्यमा दिगम्बर चौधरी, एशोसियट तर्फ सदस्यमा शाह आलम साफी, महिला सदस्यमा ललिता न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...