Badapatra Online

गाउँपालिका अध्यक्षलाई एक वर्ष कैद र दुई लाख जरिवाना

Advertisement

परासी : लागुऔषधमा कसूर ठहर भएका नवलपरासी पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता ९दीपक० लाई एक वर्ष कैद र दुई लाख जरिवाना भएको छ।

जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गत साता गुप्तालाई लागुऔषधमा कसूरदार ठहर गरेको थियो। कसूर ठहरपछि बिहीबार भएको सजाय निर्धारण फैसलामा गुप्तालाई उक्त सजायको फैसला भएको हो। उक्त सजायबाहेक गुप्तालाई ‘क्षतिपूर्ति शुल्क पीडित राहत कोष’ मा आठ हजार जरिवाना दाखिला गर्नुपर्ने पनि फैसलामा भएको अदालतका शाखा अधिकृत यामप्रसाद रेग्मीले बताए।

अध्यक्ष गुप्तासँगै लागुऔषधमा कसूरदार ठहर भएका रघुनाथ प्रसाद धोबीलाई दुई वर्ष कैद र चार लाख जरिवानाको फैसला भएको छ। लागुऔषध अभियोगमा २ वर्षदेखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रुपैयाँसम्म जरिवाना हुने र त्यसको आधारमा अध्यक्ष गुप्तालाई आधा सजाय हुने गरी सजाय निर्धारणको पेशी तोकिएको थियो।

धोबीलाई गरिएको उक्त सजायको आधारमा अध्यक्ष गुप्तालाई एक वर्ष कैद र २ लाख जरिवाना तोकिएको हो। लागुऔषध अभियोगमा २०७९ असोज २६ गतेदेखि पुर्पक्षमा रहेका धोबीले पटक पटक लागुऔषधमा कसूरदार देखिएकाले थप एक वर्ष कैद र ५० हजार जरिवाना तोकिएको छ। धोबीले ‘क्षतिपूर्ति शुल्कपीडित राहत कोष’मा १८ हजार दाखिला गर्नुपर्ने पनि फैसलामा भनिएको छ। धोबी पाल्हिनन्दन आधारभूत अस्पतालका गार्डसमेत हुन्।

अध्यक्ष गुप्तासहित लागुऔषध मुद्दामा पाँच जनाविरुद्ध मुद्दा दायर भएको थियो। जसमध्ये रामा गुप्ता भन्ने रामा साह र जितेन्द्र पासवानले सफाई पाएका छन्। अभियोग लागेका पाल्हिनन्दन गाउँपालिका(३ का मन्टु भनिने विवेक प्रसाद पाण्डे अझै फरार छन्। पाण्डेको मुद्दा मुतलबी ९फरार रहेकाले कारबाही स्थगन० मा राखिएको अदालतले जनाएको छ।

यसैबीच कैद र जरिवाना फैसला भएका अध्यक्ष गुप्ताले अब कानुनी व्यवस्थाअनुसार धरौटी राखेर पुनरावेदन गर्न पाउने छन्। थुनामा बस्नु नपर्ने भएपछि गुप्ताको अध्यक्ष पदसमेत कायम नै रहने अदालतले जनाएको छ।

२०७९ असार २२ गते रामग्राम नगरपालिका–१७ पिपरिहयामा भएको घटनामा अध्यक्ष गुप्ताको निर्देशनमा २र२ थान एम्पुलको झोला९०र९० थान डाइजेपाम नुर्फिन र फेनार्गनसहितको झोला रामा र जीतेन्द्रको मोटरसाइकल नजिक फालेर फसाउन षडयन्त्र गरेकाले अध्यक्ष गुप्तालाई दोषी ठहर गरेको अदालतले जनाएको छ। अध्यक्ष गुप्तासँग रामा र जितेन्द्रको कवाड व्यवसायको कारोबार रहेकाले लेनदेनका विषयमा उनीहरूबीच मतभेद रहँदै आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...