Badapatra Online

गोलन्जोरको एकिकृत घुम्ती शिविरमा पहिलो दिन २६१ जना लाभान्वीत

Advertisement

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आयोजना गरेको एकिकृत घुम्ती शिविरमा २ सय ६१ जना लाभान्वीत भएका छन् ।
गाउँपालिकाको स्विकृत वार्षिक कार्यक्रम अनुसार गोलन्जोर गाउँपालिका १ डुडभन्ज्याङमा बुधबार आयोजित शिविरमा स्थानीय २ सय ६१ जनाले सेवा लिएका हुन् ।
गाउँपालिकाले बुधबार वडा नम्बर १ मा एकिकृत घुम्ती शिविर र चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म भए गरेका कार्यको सार्वजनिकिकरणका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीका अनुसार गाउँपालिकाका अध्यक्ष शंकरारज बरालले डुडभन्ज्याङका जेष्ठ नागरिएकलाई सामाजिक सुरक्षा भक्त हस्तान्तरण गरेर सुरुवात गरिएको शिविरबाट १८५ जनाले सामाजिक सुरक्षा भत्ता लिनुभएको छ ।
यस्तै ५ जनाले बायोमेट्रि रुजु, १ सय १५ जनाको स्वास्थ्य परिक्षण, १० वटा माटो परिक्षणका लागि नमुना संकलन, १४ जनाले कृषि परामर्श, ५१ जनाले पशु स्वास्थ्य उपचार तथा परामर्श सेवा लिनुभएको छ ।
यस्तै व्यवसाय, राजश्व संकलन र अन्य सेवा गरेर कुल २ सय ६१ जनाले एकिकृत घुम्ती शिविरबाट सेवा लिनुभएको हो ।

गाउँपालिकाको वार्षिक निति तथा कार्यक्रम अनुसार एकिकृत घुम्ती शिविरमा जेष्ठ नागरिक परिचय–पत्र वितरण, स्वास्थ्य परिक्षण, व्यवसाय दर्ता तथा नविकरण, सामाजिक सुरक्षा भत्ता वितरण, बायोमेट्रिक रुजु र व्यक्तिगत घटना दर्ता, कृषि तथा पशुपन्छी सम्बन्धी सेवा, राजश्व संकलन र वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।

सोही कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा संचालन गरेका विकास निर्माणका योजना, उपलब्ध सेवा वस्तु र सुविधा सार्वजनिक गरी त्यस्ता विषयका सम्बन्धमा सार्वजनिक थलोमा सेवाग्राही नागरिकले उठाएको प्रश्नहरुमा स्पष्टता ल्याउने र नागरीकवाट प्राप्त रचनात्मक सुझावलाई ग्रहण गर्ने तथा जिम्मेवार संस्कार बसाउन सार्वजनिक सुनवाई कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

गोलन्जोर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सोम प्रसाद बरालको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष शंकर राज बरालको प्रमुख आतिथ्यता, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीको विशिष्ठ आतिथ्यतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय १ सय ५० बढीको सहभागिता रहेको थियो ।

कार्यक्रको सहजिकरण बडापत्र मिडिया ग्रुपले गर्दै आएको छ ।
शिविरको उद्घाटन गर्नु हुँदै गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले आम नागरिकको सर्वसुलभ सेवाका लागि पालिकाले एकिकृत घुम्ती शिविरको आयोजना गरेको बताउँनु भयो ।
उहाँले यस्ता शिविरबाट अधिकतम फाइदा लिन वडाबासीमा आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा उपाध्यक्ष न्यौपानेले आफुहरुले निर्वाचनका बेला गरेका प्रतिबद्धता अनुसार वडा स्तरमै पालिकाको सेवाहरु प्रबाह गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको बताउँनु भयो ।

एक साता सम्म संचालन हुने शिविरको दोस्रो दिन अर्थात बैशाख ११ गते गोलन्जोर गाउँपालिका २ वितिजोर स्थित वडा कार्यालयमा बिहान १० बजेबाट सुरु हुने छ । उक्त वडामा पनि एकिकृत घुम्ती शिविर र सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिने छ ।
यस्तै तेस्रो दिन अर्थात बैशाख १२ गते वडा नम्बर ३ स्थित ओख्ले सामुदायिक भवनमा शिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना हुने छ ।

चौथो दिन बैशाख १३ गते शनिवार वडा नम्बर ४ को वडा कार्यालय तिनकन्यामा शिविरको आयोजना गरिने छ । पाँचौ दिन बैशाख १४ गते आइतबार वडा नम्बर ५ को वडा कार्यालय स्थित रतनचुरामा बिहान १० बजेबाट शिविर संचालन हुने गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले जानकारी दिनुभयो
यस्तै बैशाख १५ गते सोमबार वडा नम्बर ६ को वडा कार्यालय बाशेश्वर र बैशाख १६ गते मंगलबार वडा नम्बर ७ को वडा कार्यालय भिमेश्वर खुर्कोटमा शिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिने छ ।

एकिकृत घुम्ती शिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रम प्रत्यक दिन निर्धारीत स्थानमा बिहान १० बजेबाट सुरु हुने र मध्यान्न ४ बजेसम्म स्थानीय सेवाग्राहीले सेवा लिन सकिने उपाध्यक्ष न्यौपानेको भनाई छ ।

उक्त एकिकृत घुम्ती शिविर तथा वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि भई सेवा सुविधाको लाभ लिन गाउँपालिकाले राजनीतिक दल, स्थानीय नागरीक, विभिन्न संघ÷संस्था, शिक्षक तथा विद्यार्थीहरुमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...