Badapatra Online

सिन्धुलीका बाढी पिडितलाई बल्ल अनुदान

Advertisement

सिन्धुली । गत असोज ११ र १२ गते रोशी र सुनकोसी नदीमा आएको बढी र पहिरोबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि पिडितहरुले बल्ल पहिलो किस्ता अनुदान पाएका छन् ।
जिल्लाका बाढी र पहिरोबाट संकटग्रस्त चारवटा गाउँपालिकाका ४ सय ६६ जना लाभग्राहीले निजी आवास पुनर्निर्माणका लागि १ करोड १६ लाख ५० हजार रुपैयाँ पहिलो किस्ता बापतको अनुदान पाएका छन् ।
उनिहरुलाई जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार पहिलो किस्ता बापतको १ करोड १६ लाख ५० हजार रुपैयाँ अनुदान रकम निकासा गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले जानकारी दिए ।
सिन्धुलीको सुनकोसी गाउँपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका गत असोज ११ र १२ गते आएको बाढीका कारण सबै भन्दाबढी क्षेती भएका पालिकाहरु हुन् । रोसी र सनेकासी नदीमा आएको बाढीले सुनकोसी गाउँपालिकामा ३ सय ६७, गोलन्जोर गाउँपालिकामा ८३ र फिक्कल गाउँपालिकामा ९ घरमा क्षेती पु¥याएको थियो ।
यस्तै बागमती नदीमा आएको बाढीले हरिहरपुरगढी गाउँपालिकाका ७ घर पूर्ण रुपमा क्षेती भएका थिए । ‘उनिहरुको नीजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ता बापत जनही २५ हजार रुपैयाँका दरले रकम निकासा गरिएको छ,’ जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रजिअ शर्माले भने ।
उनका अनुसार सुनकोसी गाउँपालिकामा ९१ लाख ७५ हजार रुपैयाँ, गोलन्जोर गाउँपालिकामा २० लाख ७५ हजार रुपैयाँ, फिक्कल गाउँपालिकामा २ लाख २५ हजार रुपैयाँ र हरिहरपुरगढी गाउँपालिकामा १ लाख ७५ हजार रुपैयाँ निकासा गरिएको हो ।
रोशी र सुनकोसी नदीमा आएको बाढीका कारण सुनकोसी गाउँपालिकाको आँपघारी, नेपालथोक, कुशेश्वर मन्दिर, मुलकोट लगायतका क्षेत्रमा धेरै क्षेती भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...