Badapatra Online

सिन्धुलीमा लागू औषध सहित दुई जना पक्राउ

Advertisement

सिन्धुली । सिन्धुलीमा प्रहरीले लागू औषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार कमलामाई नगरपालिका ९ स्थित इलाका प्रहरी कार्यालयको चेकजाँचका क्रममा दुई जनालाई लागु औषध सहित पक्राउ गरिएको सिन्धुली प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीका अनुसार दिउँसो पौने दुई बजे बपी राजमार्ग हुँदै जनकपुरबाट काठमाण्डौंतर्फ जादै गरेको प्रदेश २–०२–००३ प ७६३४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा चालक धनुषा शहिद नगरपालिका ८ धनुषा बस्ने बर्ष २२ को रजनिश यादबलाई नाइट्राजिपाम २८ ट्याबलेट, स्पासमो ८ ट्याबलेट सहित नियन्त्रणमा लिइएको हो ।
‘यादवले पछाडी भिरेको झोलामा उक्त लागु औषध लुकाई छिपाई बोकेको पाइएको र उनि सवार मोटरसाइकल सहित निन्त्रणमा लिइएको छ,’ सुवेदीले भने ।

यस्तै शुक्रबारनै प्रहरीले भिमानबाटै थप एक जना लागु औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । काकरभिट्टाबाट काठमाण्डौतर्फ जादै गरेको बा ५ ख ६०२३ नम्बरको हायसमा सवार मिक्लाजुङ गाउँपालिका १ मोरङ बस्ने बर्ष ३१ को बद्री पुरीलाई हातमा बोकेको प्लास्टिक भित्र कालो प्लास्टिकमा पोको पारी लुकाईछिपाई बोकेको खैरो हिरोइन सहित नियन्त्रणमा लिइएको हो ।
उनको साथबाट लागुऔषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ५ दशमलव ८७० ग्राम (प्लास्टिक बाहेक), फेला पारी इलाका प्रहरी कार्यालय भिमानमा ल्याई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...