सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिको कृषि, पर्यटन, रोजगार लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गरेको छ ।
मरिण गाउँपालिकाको दोस्रो गाउँ साभा तथा सातौं अधिवेशनमा सोमबार एकैसाथ नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) द्धारा आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा काम गर्ने किसानका लागि विनाधितो दुई लाख रुपैयाँसम्मको सहुलियतपूर्ण ऋण दिने, एक टोल एक सामुहिक उत्पादन, एक वडा एक उत्पादन कार्यक्रम अघि बढाउने, कृषि तथा माछापालन व्यवसाय लाई प्राथमिकता दिईने उल्लेख छ ।
‘बाँजो जग्गा उपयोगका लागि नीतिगत निर्णय गर्दै त्यसको उचित उपयोगका लागि आवश्यक पहल गर्ने, स्थानीय सस्तरमै रोजगारको व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सिंचाई, खानेपानी, सडक लगायत क्षेत्रमा उच्च प्राथमिकताका साथ योजना कार्यान्वयनमा पहल गरिने छ,’ अध्यक्ष मोक्तानले भने ।
रैथाने बालीको संरक्षण र उपयोगमा प्राथमीकता दिने उल्लेख गर्दै धानबाली संरक्षण तथा स्थानीय बिउ उत्पादनमा प्रथामिकता दिईने छ ।

कषिलाई पर्यटनसंग जोडेर कृषि पर्यटनमा जोड दिइने अध्यक्ष मोक्तानद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।
उनको नीति तथा कार्यक्रममा समृद्ध मरिण, सुखी मरिणबासीको नारालाई प्राथमिकता दिईने, आर्थिक समृद्धि, सुशासन र सेवा प्रबाहलाई प्राथमिकता दिइएको छ । मरिण गाउँपालिकाको प्रमुख पर्यटकिय गन्तव्यका रुपमा रहेको मधुबनीबाट प्याराग्लाइडीङ संचालन गर्ने, पन्चकन्या पोखरीको संरक्षण तथा प्रचार प्रसार गर्ने, स्थानीय जातजाती तथा समुदायको परम्परागत संस्कृतीको संरक्षणमा विशेष योजना अघि बढाईने बताइएको छ ।
वडा नम्बर ३ स्थित भालुमारामा औद्योगीक ग्राम स्थापना, भुमिहिन, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने, डिजिटल प्रविधिको उपयोगलाई प्राथमिकता दिइने लगायतका नीति तथा कार्यक्रम अघि सारीएको छ ।

यसैविच मरिण गाउँपालिकाकी उपाध्यक्ष बिमला माझीले आगामी आर्थिक वर्ष २०८२२०८२÷०८३ का लागि गाउँपालिकाको बजेट सार्वजनिक गरेकी छिन् ।
उनले आगामी आर्थिक वर्षका लागि ७६ करोड १३ लाख ७८ हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।
उनले यो चालु आर्थिक वर्षको तुलनामा झण्डै १३ करोड रुपैयाँ बढीको बजेट सार्वजनिक गरेकी हुन् ।


