Badapatra Online

तिनपाटन १० लाई बागमती प्रदेशकै पहिलो पोषणमैत्री वडा घोषणा

Advertisement

सिन्धुली  । सिन्धुलीको तिनपाटन गाउँपालिका १० को वडा कार्यालयलाई पोषणमैत्री वडा घोषणा गरिएको छ ।
शनिवार तिनपाटन गाउँपालिका १० का वडा अध्यक्ष पुण्यहरी भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाले उक्त वडालाई पोषणमैत्री स्थानीय शासन वडा घोषणा गरेका हुन् ।
यस अघि विभिन्न १६ वटा सुचकहरु पुरा गर्दै उक्त वडाको स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेर काम गर्दै आएको गाउँपालिकाले थप ३४ वटा सूचकहरु पुरा गरी शनिवार वडालाई नै पोषणमैत्री वडा घोषणा गरेको हो ।
स्थानीय जनप्रतिनीधि, राजनीतिक दल, स्वास्थ्यकर्मी, महिला स्वयमसेविका, शिक्षक विद्यार्थीहरुको सहभागितामा बाजागाजा सहित धुमधामका साथ सो वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । यो बागमती प्रदेशका १३ वटा जिल्लाका स्थानीय तहहरु मध्ये तिनपाटन १० को पोषणमैत्री वडा पहिलो हो ।
यसका लागि राष्ट्रिय पोषण नीति तथा रणनीति अनुसार स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, कृषि तथा पशुपंक्षी विकास, महिला तथा बालबालिकाहरुको क्षेत्रमा खाद्य, स्वास्थ्य तथा सरसफाई सम्बन्धी विभिन्न ४९ वटा सूचकहरु पुरा गर्नुपर्ने हुन्छ ।

तिनपाटन १० ले सहयोगी संस्थाहरु वल्ड भिजन इन्टरनेश्नल नेपाल, सिन्धुली एकिकृत विकास सेवा (सिड्स नेपाल), रिलिफ नेपाल लगायतको सहकार्यमा ४९ वटै सूचकहरु पुरा गरेपछि शनिवार पोषणमैत्री वडा घोषणा गर्न सफल भएको तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापाले जानकारी दिए ।
नेपाल सरकारले सन २०३० भित्र नेपाललाई कुपोषण मुक्त राष्ट्र घोषणा गर्ने गरी दिगो विकास लक्ष्य तय गरेको छ । सरकारको सोही लक्ष्य अनुसार गैर सरकारी संस्थाहरुसंगको सहकार्यमा गाउँपालिकाले वडाहरुलाई पोषणमैत्री बनाउँदै गाउँपालिकालाई नै पोषणमैत्री पालिका बनाउने तयारी गरिएको अध्यक्ष थापाको भनाई छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लामाले सरकारले लक्ष्य अनुरुपनै वडालाई पोषणमैत्री स्थानीय शासन वडा घोषणा गरिएकोमा गाउँपालिका र सहयोगी निकायलाई धन्यबाद व्यक्त गरे ।
उनले यस्ता घोषणाहरुको दिगोपन र निरन्तरताका लागि निक्कै चुनौती हुने गरेको उल्लेख गर्दै सबै निकायको सक्रिय सहभागिता आवश्यक पर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्की, गाउँपालिकाका उपाध्यक्ष धनबहादुर पुलामी, प्रमुख प्रशासकीय अधिकृत टंक नेगी, वल्ड भिजन इन्टरनेश्नल नेपालका पूर्वी क्षेत्रीय प्रमुख विनय अमात्य, पोषण परियोजनाका प्रमुख पुजा पोखरेल, सिड्स नेपालका अध्यक्ष दिपक घिमिरे, रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेल लगायतले पोषणमैत्री वडा घोषणाको महत्व र दिगोपनका लागि प्रतिबद्धता समेत व्यक्त गरे ।
वल्ड भिजनको सहयोगमा सिड्स नेपालले तिनपाटन, फिक्कल र गोलन्जोर गाउँपालिकालाई पोषणमैत्री पालिका घोषणा गर्न पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना संचालन गर्दै आएको छ ।
उक्त परियोजना अन्तरगत तिनपाटन १०, फिक्कलको २, ३ र ५ नम्बर वडाका गरी चार वटा स्वास्थ्य संस्थालाई यस अघि नै पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरि सकेको छ ।
सन् २०३० भित्र नेपाललाई कुपोषण मुक्त राष्ट्र घोषणा गर्न सरकारले लिएको दिगो विकास लक्ष्य २०३० का १७ वटा लक्ष्य मध्य १२ वटा लक्ष्यमा पोषण सम्बन्धी सूचकहरु समावेश गरिएको छ ।
पालिकालाई कुपोषण मुक्त गर्न यि संगै ४९ वटा सूचकहरु पुरा गर्नुपर्दछ । ति मध्ये १६ वटा सूचकहरु पुरा गरेपछि स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्थाको रुपमा घोषणा गरिने छ ।
यसका लागि पालिकामा सुनौंलो हजार दिन कार्यक्रम, आमा समुह गठन तथा सचेतना, बाल क्लव गठन, किशोरी समुह गठन, पोषणयुक्त आहारका लागि तरकारी तथा फलफुल खेती, कुखुरा तथा पशुपालन लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...