Badapatra Online

एसईई परीक्षामा सिन्धुलीका ७५ प्रतिसतबढी विद्यार्थी उतिर्ण

Advertisement

सिन्धुली  । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सिन्धुलीबाट ४ हजार ९ सय ४३ जना अर्थात झण्डै ७५ प्रतिसत बढी उतिर्ण भएका छन् ।
गत वर्षको चैत्र महिनामा संचालन भएको परीक्षामा सहभागि ४ हजार ९ सय ४३ जना मध्ये ३ हजार ७ सय २६ जना उतिर्ण हुन सफल भएको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीले जनाएको छ ।
जिल्लाबाट यस वर्ष तिन जनाले ‘फो’ जिपिए ल्याउन सफल भएका छन् । यस्तै साधरण तर्फ ३ हजार ५ सय ५६ जना र प्राविधिक धार तर्फका १ सय ७० जना विद्यर्थीहरु परीक्षामा उतिर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका इकाई प्रमुख मोहन बहादुर सुनुवारले जानकारी दिए ।
परीक्षामा साधरण तर्फ ४ हजार ७ सय ६६ जना र प्राविधि धार तर्फ १ सय ७७ जना सहभागि रहेका थिए ।
उनिहरुमध्ये साधरण तर्फ ३ हजार ५ सय ५६ जना उर्तिण हुँदा १ हजार २ सय १० जना ननग्रेडमा परेका छन् । यस्तै प्राविधिक धार तर्फ १ सय ७७ जना सहभागि रहेकामा ७ जना ननग्रेडमा परेको छन भने १ सय ७० जना उतिर्ण भएका छन् ।
सिन्धुली जिल्लामा अघिल्लो वर्षको परीक्षामा का १८ वटा विद्यालयको नतिजा शून्य आएको थियो । तर यस वर्ष सुन्य आउने विद्यालयको संख्या नरहेको बताइएको छ । यस वर्ष निक्कै सामुदायिक विद्यालयहरुले समेत सतप्रतिसत रिजल्ट ल्याउन सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...