Badapatra Online

सिन्धुलीमा १ अर्ब २१ करोड रुपैयाँ बढी बजेट फ्रिज

Advertisement
  • समयमा योजना कार्यान्वयन गर्न नसक्दा १ अर्ब २१ करोड रुपैयाँ बढी बजेट फ्रिज ।संघिय सरकारको ३४ दशमलव ६४ प्रतिशत र बागमती प्रदेश सरकारको १७ दशमलव ३८ प्रतिसत बजेट खर्च हुन सकेन ।

  • बजेट फ्रिज हुनुमा बेलामा ठेक्का नलगाउँनु, कार्यालयका प्राविधिक जनशक्तिको अभाव, ठेकेदारको ढिलासुस्ती, स्थानीय विवाद, अनावश्यक ठाँउमा योजना हाल्नु, आर्थिक बर्षको अन्तिममा आएर बजेट आउनु जस्ता कारण

  • ठेकेदारको ढिलासुस्तिका कारण सुनकोसी मरिण डाईभर्सन बहुउद्देश्यि आयोजनाको एक अर्ब ६१ करोड ९८ लाख ३७ हजार पूँजीगत बजेटमा एक अर्ब एक करोड नौ लाख २९ हजार मात्र खर्च भएर ५० करोड ८९ लाख ८ हजार रुपैयाँ फिर्ता

सिन्धुली । कतिपय जिल्लाहरुमा आवश्यकता अनुसार विकास बजेट नपाएको गुनासो आइरहेका बेला सिन्धुलीमा भने खर्च समयमानै आयोजनाको कार्यान्वयन गर्न नसक्दा १ अर्ब २१ करोड रुपैयाँ बढी बजेट फ्रिज भएको पाइएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका अनुसार गत आर्थिक वर्ष २०८१÷०८२ का लागि सिन्धुली जिल्लाको विकासका लागि आएको बजेट मध्ये १ अर्ब २१ करोड ३२ लाख ५९ हजार रुपैयाँ विकास बजेट फिर्ता (फ्रिज) भएको हो ।
कोष नियन्त्रक चुडामणी विकका अनुसार संघिय सरकार र बागमती प्रदेश सरकारबाट आएको कुल पूँजीगत बजेट चार अर्ब ५५ करोड ६९ लाख ५७ हजार मध्ये संघिय सरकारको ६२ दशमलव ३६ प्रतिशत र बागमती प्रदेश सरकारको ८२ दशमलव ६२ प्रतिशत मात्र खर्च भएको छ ।
संघिय सरकारको ३४ दशमलव ६४ प्रतिशत र बागमती प्रदेश सरकारको १७ दशमलव ३८ प्रतिसत बजेट खर्च हुन सकेन ।
यति धेरै बजेट फ्रिज हुनुमा सम्बन्धीत कार्यालयले बेलामा ठेक्का नलगाउँनु, कार्यालयका प्राविधिक जनशक्तिको अभाव, ठेकेदारको ढिलासुस्ती, स्थानीय विवाद, अनावश्यक ठाँउमा योजना हाल्नु, आर्थिक बर्षको अन्तिममा आएर बजेट आउनु जस्ता कारणले समयमानै बजेट खर्च गर्न नसकिएको पाइएको विकको भनाई छ ।
गत आर्थिक वर्षको असार तेस्रो साता सम्ममा जिल्लाको पूँजीगत बजेट मध्ये संघिय सरकारको धेरै बजेट फ्रिज भएको छ ।
‘संघिय सरकारबाट जिल्लाका विभिन्न ३१ वटा सरकारी कार्यालय र स्थानीय तहका लागि गरी कुल दुई अर्ब आठ करोड १७ लाख ४० हजार रुपैयाँ पूँजीगत बजेट विनियोजन भएको थियो । त्यस मध्ये एक अर्ब २९ करोड ८३ लाख ५८ हजार अर्थात ६२ दशमलब ३६ प्रतिशत मात्रै खर्च भएको छ भने ७८ करोड ३३ लाख ८२ हजार रुपैयाँ खर्च हुन नसकि फिर्ता गर्नु परेको छ,’ विकले भने ।

जिल्लामा बागमती प्रदेश सरकारबाट दुई अर्ब ४७ करोड ५२ लाख १७ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो ।
जिल्लाका ९ वटा स्थानीय तह र विभिन्न १३ वटा सरकारी कार्यालयको लागि विनियोजन भएको उक्त बजेट मध्ये दुई अर्ब चार करोड ५२ लाख ४० हजार रुपैयाँ खर्च भएको छ । यो ८२ दशमलब ६२ प्रतिशत मात्रै हो । बाँकी ४२ करोड ९९ लाख ७७ हजार रुपैयाँ बजेट खर्च हुन सकेन ।
बजेट फ्रिज हुनेमा राष्ट्रिय गौरवको आयोजनाहरु समेत रहेका छन् । राष्ट्रिय गौरवको आयोजनाहरु अन्तर्गत १ अर्ब ६१ करोड बजेटमध्ये ५० करोड भन्दा बढी रकम खर्च हुन नसकी फ्रिज भएको छ ।
ठेकेदारको ढिलासुस्तिका कारण सुनकोसी मरिण डाईभर्सन बहुउद्देश्यि आयोजनाको एक अर्ब ६१ करोड ९८ लाख ३७ हजार पूँजीगत बजेटमा एक अर्ब एक करोड नौ लाख २९ हजार मात्र खर्च भएर ५० करोड ८९ लाख ८ हजार रुपैयाँ फिर्ता भएको बताइएको छ । ठेकेदारको ढिलासुस्तिका कारण खर्च हुन नसकि फिर्ता भएको छ । सो आयोजनाले गत चैत महिनामा नै काम गर्न नसक्ने भनि एक अर्ब ४७ करोड ९९ लाख ९७ हजार रुपैयाँ बजेट सरकारलाई फिर्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...