सिन्धुली । लेदो सहितको पहिरो खसेपछि शनिबार बिहानै देखि मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको छ ।
शुक्रबार राती परेको पानिका कारण पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अन्तरगत सिन्धुलीको खुर्कोट–घुर्मी खण्ड अबरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार उक्त खण्ड अन्तरगत गोलन्जोर गाउँपालिका ६ स्थित अक्करेभिर र बलेनीमा पहिरोका कारण सडक अबरुद्ध भएको छ ।
त्यस स्थानमा बिहान ४ बजेदेखि राजमार्ग अबरुद्ध भएको सिन्धुलीका प्रहरी प्रवक्ता सूर्य प्रकाश सुवेदीले जानकारी दिए ।
लेदोको कारण ओखलढुङ्गाबाट काठमाण्डौ तर्फ हिडेको ना ७ ख ७८९० नम्बरको ६ चक्के ट्रक विच सडकमै फसेको छ । उक्त ट्रकमा ११ वटा भैंसी लोड गरिएको छ । पहिरोका कारण बिहानै देखि दर्जनौं सवारी साधनहरु रोकिएका छन् । लेदोमा फसेको ट्रक र त्यसमा रहेका भैंसीहरुको उद्धार गर्ने प्रयास भई रहेको प्रहरीले जनाएको छ ।


