Badapatra Online

विचित्र खोलामा आएको बाढी बस्तिमा पस्यो, दुई दर्जनबढी घर डुवानमा

Advertisement

सिन्धुली  । दुधौली नगरपालिका १ गिचिहानी स्थित विचित्र खोलामा आएको बाढी बस्तिमा पस्दा दुई दर्जनबढी घर डुवानमा परेका छन् । ४० बढी घरहरु प्रभावित भएका छन् ।
शनिवार दिउँसो अविरल बर्षासंगै विचित्र खोलामा अचानक आएको बाढी बस्तिमा पस्दा दुई दर्जनबढी घरहरु डुवानमा परेको इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरिक्षक सिमोन धितालले जानकारी दिए ।
अचानक आएको बाढीले बगाएकी एक जना महिलाको उद्धार समेत गरिएको छ । प्रहरी निरिक्षक धितालका अनुसार बाढीले बगाउँदा घाइते भएकी दुधौली नगरपालिका १ गिचिहानी बस्ने वर्ष ५८ की भद्र कुमारी दनुवारलाई उद्धार गरि उपचारका लागि दुधौली नगर अस्पताल पठाइएको छ ।
उनि घाइते भएपनि अवस्था मध्यम रहेको बताइएको छ । यस्तै बाढी बस्तिमा पस्दा स्थानीय भद्र कुमारी दनुवारको काठले बनेको टायलको छानो भएको घर र गाईगोठ, ध्यानवती कुमर दनुवारको चार कोठाको एक तले पक्का घर, बुद्धलाल कुमर दनुवारको चार कोठाको एक तलर पक्का घर, आशा अधिकारी दनुवारको चार कोठाको एकतले पक्का घर, संगिता थापाको टायलको छानो भएको काठको घर र लक्षमी कुमर दनुवारको चार कोठाको एकतले पक्का घर डुवानमा परेका छन् ।
यस्तै स्थानीय शिव नाथ दनुवारको टायलको छानो भएको काठको घर, निशा दनुवारको टायलको छानो भएको काठको घर, वृर्जलाल कुमर दनुवारको चार कोठाको एक तले पक्का घर र केदार गिरीको चार कोठाको एकतले पक्काघर डुवानमा परेको छ ।
स्थानीय अन्य केही व्यक्तिहरुको समेत घरगोठहरु बाढीको डुवानमा परेका छन् । डुवानमा परेको बस्तिबाट इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरिक्षक धितालको कमाण्डमा खटिएको प्रहरी र स्थानीयले मानिस, गाई बस्तु र सरसामानको उद्धार गरेका छन् ।
‘बाढीका कारण मानविय क्षेती हुन नपाएपनि बाढीको जोखिम उच्च रहेकोले प्रहरी हाइअलर्टमा बसेको र स्थानीयलाई पनि उच्च सतर्कता अपनाउन भनिएको छ,’ घितालले भने ।
बाढीका कारण विस्थापितहरु स्थानीय छिमेकीहरुको सहारा लिएर बसेका छन् । बाढी र डुवानको उच्च जोखिममा रहेका अन्य ४० बढी घरका नागरीकलाई सतर्कता अपनाउन भनिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...