सिन्धुली । जिल्लाको मरिण गाउँपालिका वडा नम्बर ६ लाई सोमबार एक भव्य कार्यक्रमका विच ‘उज्यालो वडा’ घोषणा गरिएको छ ।
सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडालाई गाउँपालिकाको दोस्रो उज्यालो वडा घोषणा गरिएको हो ।
गाउँपालिकाले यस अघि वडा नम्बर ५ लाई एक भव्य कार्यक्रमका विच उज्यालो वडा घोषणा गरि सकेको छ ।
गाउँपालिकाको पहलमा ६ नम्बर वडाभित्रका सबै घरधुरीमा राष्ट्रिय प्रशारण लाइनमार्फत बिजुली वत्ति पु¥याइएपछि सोमबार उक्त वडालाई उज्यालो वडा घोषणा गरिएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले जानकारी दिनुभयो ।

उक्त वडालाई उज्यालो वडा घोषणा गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथी तथा संघिय सांसद दाहालले गाउँपालिकाको ग्रामिण क्षेत्रमा समेत विद्युत् विस्तारले गाउँका नागरिकको दैनिकी सहज बन्दै गएको बताउँनु भयो ।
उहाँले भन्नसभयो, ‘दुर्गम बस्तिका घरधुरीमा समेत विजुली वत्ति पुग्दा स्थानीय नागरीकको दैनिकी सहज मात्र भएको छैन् । यसले गाउँ घरमै साना उद्योग–व्यवसाय सञ्चालनमा समेत टेवा पुगेको छ । यस कार्यमा गाउँपालिाको गरेको प्रयासले सार्थकता पाएको छ ।’
कार्यक्रममा सांसद दाहालले पछिल्लो समय सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाए पछि हरेक दिन विजुली झ्याप्प झ्याप्प जानेक्रम बढेकाले नागरिकलाई फेरी लोड सेडिङ हुन्छ की भन्ने आशंका बढाएको तर्फ भने चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात) ले आफुले निर्वाचित भएर आएदेखिनै उज्यालो गाउँपालिका घोषणा गर्ने लक्ष्यअनुसार पालिकाको दुईवटा वडाका सतप्रतिसत घरधुरीमा वुजुली वत्ति विस्तार गरिएको बताउँनु भयो ।
उहाँले बाँकी वडाका समेत सबै घरधुरीमा विजुली वक्ति केही समय भित्रै विस्तार गरेर मरिण गाउँपालिकालाई नै उज्यालो पालिका घोषणा गर्ने गरी बाँकी घरधुरीमा पनि बिजुली विस्तारलाई तीव्रता दिइरहेको जानकारी दिनुभयो ।
आफु गाउँपालिका अध्यक्ष निर्वाचित भएदेखि निरन्तरुपमा गाउँपालिकाका सबै वडाहरुमा विद्युत सेवा विस्तार गर्ने प्रयास भईरहेको उल्लेख गर्दै अध्यक्ष मोक्तानले यो कार्य आगामी वर्ष विभ पुरा गरेरै छाड्ने प्रतिबद्धता जनाउँनु भयो ।
उहाँले पालिकामा आफ्नो नेतृत्वले गरेका विकास निर्माण र सेवा प्रबाहले समृद्ध मरिण निर्माण गर्ने संकल्प पुरा हुँदै गएको समेत बताउँनुभयो ।

मरिण गाउँपालिका ६ का वडाअध्यक्ष हर्कविर माझीको अध्यक्षतामा भएको उज्यालो वडा घोषणा कार्यक्रममा मरिण गाउँपालिकाकी उपाध्यक्ष बिमला माझी, प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रका प्रमुख शिशिर लम्साल, नेकपा (माओवादी केन्द) मरिण गाउँकमिटिका अध्यक्ष काजीमान थिङ, विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, विभिन्न राजनितिक दलका नेता तथा स्थानीयको सहभागिता रहेको थियो ।


