Badapatra Online

चियाबारी–खुर्कोट सुरुङ निर्माण अघि बढाउन सांसद दाहालको नेतृत्वमा सरकारको ध्यानकर्षण

Advertisement

सिन्धुली  । बनेपा–सिन्धुली–बर्दिवास (बीपी) राजमार्ग अन्तरगत पर्ने चियाबारी–खुर्कोट सुरुङ निर्माण कार्य छिटो अघि बढाउन सांसदहरुले माग गरेका छन् ।
शनिवार सिन्धुली क्षेत्र नम्बर दुईबाट निर्वाचित प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) को नेतृत्वमा संघिय संसदका ७२ जना संस्दहरुले संयुक्त रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको ध्यानकर्षण गराएका हुन् ।
सांसदहरुले बीपी राजमार्गको चियाबारी–खुर्कोट खण्डको ३२ किलोमिटर साँघुरो र घुम्ती भएका कारण दुर्घटना हुँदा मानविय तथा भौतिक क्षेती हुनेक्रम बढ्दै गएको भन्दै तत्काल चियाबारी–खुर्कोट सुरुङ निर्माण गर्नु पर्ने माग गरेका छन् ।
चियाबारी–खुर्कोट सुरुङ निर्माणका लागि यस अघिनै डिपिआर निर्माण सम्पन्न गरिसकिएको भएपनि सरकारले व्यवास्था गरेको भन्दै तत्काल रकमको सुनिश्चित गरेर निर्माण कार्य अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्युको ध्यानकर्षण गराइएको सांसद दाहालको भनाई छ ।
सिन्धुली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे, सांसद तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, डाक्टर शेखर कोइराला, जिवन परियार, रामहरी खतिवडा, योगेश भट्टराई, सुहाङ्ग नेम्वाङ्ग, भगवती चौधरी, सुदन किराँती, माधव सापकोटा, रणकुमारी बलमपाकी मगर लगायतका ७२ जना सांसदहरुले संयुक्त हस्ताक्षर गर्दै मन्त्री दाहालको ध्यानकर्षण गराइएको हो ।
बीपी राजमार्गको चियाबारी–खुर्कोट खण्ड साँघुरो र घुम्ती मात्र नभएर भारवहन क्षमता समेत कम भएका कारण मालवाहक सावारी आवत जावत गर्न कठिनाई हुने गरेको छ । ‘जसका कारण सिन्धुलीको सुनकोसी, रामेछाप, काभ्रे, ओखलढुङ्गा, दोलखा, सिन्धुपाल्चोक, सोलुखुम्बु लगायत अन्य पूर्वी पहाडी जिल्ला नागरीकहरुले समय र आर्थिक व्ययभार ब्यहोर्दै आउन बाध्य छन् । त्यही सडकमा हुने दुर्घटनामा धनजनको समेत क्षेती हुने गरेकाले हामीले सुरुङ मार्ग निर्माणको काम तत्काल थाल्न माग गरेका हौं,’ सांसद दाहालले भने ।
चियाबारी–खुर्कोट खण्डको दूरी अहिले २९ दशमलव ८ किमी रहेको छ । सुरुङ मार्ग निर्माण पश्चात खुर्कोट–चियाबारी ८ दशमलव ५ किमिमा छोट्टीने छ । अहिले उक्त दूरी पार गर्न एकदेखि डेढ घण्टा लाग्ने गरेको छ । सुरुङ निर्माण गर्न सकिए ६ मिनेटमा उक्त दूरी छिचोलिने बताइएको छ ।
चियाबारी–खुर्कोट सुरुङ कमलामाई नगरपालिका २ को चियाबारी माथि फेदीबाट सुरु भई गोलन्जोर गाउँपालिका ७ को तल्लो बारामा निस्कनेछ ।
‘सुरुङमार्ग समयमा निर्माण गर्ने हो भने यसले सडकको दूरीसंगै दुर्घटनाको जोखिमलाई समेत कम गराउनेछ,’ सांसद दाहालले भने, ‘त्यसैले हामिले माननिय मन्त्री ज्यू र उहाँ मार्फत प्रधानमन्त्री तथा सरकारको ध्यानकर्षण गराएका हौं ।’
बीपी राजमार्ग पूर्वी पहाडी जिल्लाका साथै मध्य तराईका जिल्ला बाट राजधानी काठमाण्डौं आउजाउ गर्ने सबैभन्दा छिटो र छोटो मार्ग हो ।
चियाबारी–खुर्कोट सुरुङमार्ग निर्माण भए रामेछाप, दोलखा, ओखलढुंगा, सोलुखुम्बुसँग तराईको दूरीसमेत छोटिनेछ ।
सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले चियाबारी–खुर्कोट सुरुङमार्ग निर्माणका लागि गत आर्थिक वर्ष ०७६÷०७७ मै सम्भाव्यता अध्ययन गरेको थियो ।
त्यस पश्चात राष्ट्रिय महत्वका साथ हेरीएको उक्त सुरुङमार्ग निर्माणका लागि गरिएको डिपिआरमा १६ अर्ब ८१ करोड ८७ लाख रुर्पैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।
उता सुरुङ निर्माणका विषयमा सरकारले चासोका साथ छलफल अघि बढाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले जानकारी दिएका छन् । उनले नेपाल सरकार तथा दातृ निकायको अनुदानका विषयमा कुरा भइरहेको र सुरुङ मार्ग निर्माणको विषय छिट्टै टुङ्गीने प्रतिक्रिया दिए ।
सरकारले सुरुङ मार्गको निर्माण कार्य अघि बढाए सिन्धुलीकै कुसुमटारबाट खुर्कोटसम्म सुनकोशी–मरिण डाइभर्सनको सुरुङ खन्न प्रयोग भएको टनेल बोरिङ मेसिन (टीबीएम) बाटै चियाबारी–खुर्कोट सुरुङ खन्न सकिने प्राविधिकहरूको भनाई छ ।
बीपी राजमार्गमा दश हजारबढी सवारी साधनहरु चाल्ने गरेका छन् । गत आसोज ११ र १२ गते रोशी र कोसीमा आएको बाढीका कारण बीपी राजमार्गको नेपालथोक–भकुण्डेबेसी खण्डमा क्षेती पुगेपछि हिजोआज संचालन हुने सवारी साधनको संख्यामा केही कमी आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...