Badapatra Online

सुनकोसी नदिमा वेपत्ता बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकाल्यो

Advertisement

सिन्धुली । दुई दिनदेखि सुनकोसी नदिमा वेपत्ता बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेटाएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ बलेनीघाट स्थित पवन मग्रातीका छोरा वर्ष १४ का प्रख्यात मग्रातीको शव शनिवार सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको हो ।
शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा मग्राती सुनकोसी नदिमा वेपत्ता भएका थिए । उनी वेपत्ता भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय खुर्कोट, सशस्त्र प्रहरीको विपद व्यवस्थापन वेश खुर्कोटको टोलीले शुक्रबार देखिनै खोजतलास सुरु गरेको थियो ।
विपद व्यवस्थापन वेश खुर्कोटका सशस्त्र प्रहरी निरिक्षक ज्ञानेन्द्र राउतको कमाण्डमा खटिएको ९ जना गोताखोर सहितको टोलीले शनिवार बिहान घटना स्थलभन्दा करीव १५ मिटर तल २० फिट गहिराईबाट बालकको शव निकालिएको सशस्त्र प्रहरी बल आश्रीत गुल्म सिन्धुलीका प्रमुख (सशस्त्र प्रहरी नायव उपरिक्षक) सुवर्ण पोख्रेलले जानकारी दिनुभयो ।
बालकको शव खोज्न सशस्त्र प्रहरी निरिक्षक ज्ञानेन्द्र राउतको कमाण्डमा गोताखोर सहित सशस्त्र प्रहरीको १३ जना, इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरिक्षक बसन्त बहादुर भुजेलको कमाण्डमा प्रहरी परिचालन गरिएको थियो ।
गोताखोरको टोलिले बालकको शव नदीबाट झिकी इलाका प्रहरी कार्यालय खुर्कोट समेतको रोहबरमा पोष्टमार्टमका लागि सिन्धुली अस्पताल पठाइएको समेत सशस्त्र प्रहरी नायव उपरिक्षक पोख्रेलको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...