Badapatra Online

मंगलबार सिन्धुलीका शैक्षिक संस्थामा बिदा

Advertisement

सिन्धुली । जेनजी पुस्ताको आन्दोलनको कारण सिन्धुलीका शैक्षिक संस्थामा बिदा दिइएको छ ।
जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारले दमन गर्दा १९ जनाको मृत्यु भएको र सयों घाइते भएको भन्दै जिल्लाका शैक्षिक संस्थाहरुले मंगलबार शोक विदा दिने निर्णय गरेका हुन् ।
जिल्लाको मरिण र सुनकोसी गाउँपालिका अन्तरगतका सामुदायिक तथा निजी सबै विद्यालयहरुका साथै अन्य पालिकाका निजी विद्यालयहरु मंगलबार विदा दिने निर्णय भएको हो ।
मरिण र सुनकोसी गाउँपालिकाले शोक विदा दिने निर्णय गरेका हुन् भने नजी विद्यालयहरु पनि सूचना जारी गर्दै शोक विदा दिने निर्णय गरिएको एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा भगवती अंग्रेजी स्कुलका अध्यक्ष कृष्ण कुमार उप्रेतीले जानकारी दिए । जिल्लामा प्याब्सनले समेत विदा दिने निर्णय गरेको छ ।
सोमबार जेनजी पुस्ताले सिन्धुलीमा समेत सरकार विरुद्ध प्रद्धर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...