Badapatra Online

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको भवन शिलान्यास

Advertisement

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको छ ।
ब्याक टु लाइफ इ भि जर्मनीको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त विद्यालयको लागि सुविधा सम्पन्न भवन निर्माण हुने भएको हो ।
उक्त भवन निर्माणका लागि शनिवार एक कार्यक्रमका विच शिलान्यास गरिएको छ ।
गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर राज बराल तथा उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले एक कार्यक्रमका विच शनिवार संयुक्त रुपमा विद्यालय भवनको शिलान्यास गर्नु भएको हो ।
गोलन्जोर गाउँपालिका २ का वडा अध्यक्ष दौलत कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको पक्की भवन निर्माणको लागि शिलान्यास गरिएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकामा ब्याक टु लाइफ इभि जर्मनीले शिक्षा तथा खानेपानीको क्षेत्रमा काम गर्दै आएको छ ।
भवन शिलान्यास कार्यक्रममा गोलन्जोर गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर सातका वडा अध्यक्ष रेगन थापा, वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद पोखरेल, ब्याक टु लाइफ इभि जर्मनीका कन्ट्री डाइरेक्टर डेकेन्द्र ढकाल, डाइरेक्ट अचुत पौडेल, म्यानेजर अनुप पौडेल, विद्यालय व्यवस्थापन समिति, विद्यालयका शिक्षक तथा स्थानीय अभिभावक, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...