Badapatra Online

श्री मावि मरिण खयरसालको अक्षयकोषमा मैनाली समाजद्धारा ५५ हजार ५ सय ५५ सहयोग

Advertisement

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका ४ मा रहेको श्री माध्यमिक विद्यालय मरिण खयरसालको अक्षयकोषमा मैनाली समाज सिन्धुलीले आर्थिक सहयोग गरेको छ ।
आइतबार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ क्यानेश्वरमा आयोजित मैनाली समाजको १२ औं वार्षिक साधरण सभा तथा ५ औं जिल्ला अधिवेशनमा विद्यालयको अक्षयकोष स्थापनार्थ ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्राप्त भएको हो ।
श्री मावि मरिण खयरसालका प्रद्यानाध्यापक मानध्वज बम्जनका अनुसार मैनाली समाजले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
‘आज मैनाली समाज सिन्धुलीका अध्यक्ष दिपक मैनालीको अध्यक्ष तथा मैनाली समाज केन्द्रीय उपाध्यक्ष केदारनाथ मैनालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयलाई निमन्त्रणा गरेर ५५ हजार ५ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको छ,’ प्रअ बम्जनले भन्नुभयो ।

यो रकम विद्यालयको अक्षयकोष स्थापनाका लागि प्राप्त हालसम्मकै ठुलो रकम हो । हालसम्म विद्यालयले स्थापना गरेको अक्षयकोषमा ५० हजार रुपैयाँ सम्म जम्मा गर्ने दाताहरु रहेका थिए । तर ५० हजार माथि मैनाली समाज सहयोग गरेको ५५ हजार ५ सय ५५ रुपैयाँ नै हालसम्म धेरै रकम जम्मा गर्ने दाता हो ।
विद्यालयको शैक्षिक गतिविधि संचालनका लागि अक्षयकोषमा समाजको तर्फबाट सहयोग प्रदान गरिएको मैनाली समाज सिन्धुलीका अध्यक्ष दिपक प्रसाद मैनालीको भनाई रहेको छ ।
‘समाजको साधरण सभा तथा बन्धु मिलन कार्यक्रमको अवसर पारेर विद्यालयलाई थोरै भएपनि आर्थिक सहयोग प्रदान गरिएको छ,’ मैनालीले भन्नुभयो ।

विद्यालयले गत वर्षको फागुन २२ गते विद्यालयको ६१ औं स्थापना दिवसको अवसर पारेर अक्षयकोषको स्थापना गरेको थियो ।
उक्त अक्षयकोषमा हालसम्म १ सय ७ जनाले आर्थिक सहयोग प्रदान गरेका छन् । विद्यालयको बृहत्तर हितका लागि अक्षयकोष स्थापना गरिएको र उक्त कोषमा रकम जम्मा हुने क्रम जारी रहेको प्रअ बम्जनको भनाई छ ।
यो रकम संगै अक्षयकोषमा हालसम्म ९ लाख ६८ हजार ६७ रुपैयाँ जम्मा भएको छ ।
विद्यालयको अक्षयकोषमा विद्यालयका शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, पूर्व शिक्षक, विद्यालयका पूर्व विद्यार्थीहरु, समाजसेवी, राजनितिक दल तथा सर्वसाधरणले स्वतस्फूर्त रकम जम्मा गरिरहेका छन् ।
अक्षयकोषमा न्युनतम ५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ । त्यसभन्दाबढी आफ्नो स्वेच्छिक रहने छ ।

यस अघि विद्यालयको अक्षयकोषमा सहयोग गर्नुहुने दाताहरुको नाम विद्यालयको ६१ औं स्थापना दिवसको अवसर पारेर प्रकाशन गरिएको स्मारिकामा समेत उल्लेख गरिएको छ भने दाताहरुलाई सम्मान समेत गरिएको थियो ।
पछिल्ला दिनहरुमा समेत विद्यालयको अक्षयकोषमा सहयोग गर्नुहुने दाताहरुबाट सहयोग लिने क्रम जारी रहने र उहाँहरुको नाम समेत आगामी कार्यक्रमहरुमा उल्लेख गर्दै सम्मान गरिने प्रअ बम्जनले स्पष्ट पार्नुभयो ।
कक्षा १२ सम्म पठनपाठन हुने मावि मरिण खयरसाल २०२० सालमा स्थापना भएको विद्यालय हो ।
मरिण गाउँपालिकाकै नमुना विद्यालयका रुपमा विकास गरिँदै लगिएको उक्त विद्यालयमा अधिकांस आदिवासी जनजाती तथा दलित समुदायका बालबालिकाहरु अध्ययनरत छन् । कार्यक्रमको उक्त कार्यक्रमको संचालन मैनाली समाजका सुमन मैनालीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...