Badapatra Online

‘जेन–जी’ आन्दोलनमा सिन्धुलीका सरकारी कार्यालयमा तोडफोड र आगजनी गर्ने १५ जना पक्राउ

Advertisement

सिन्धुली  । ‘जेन–जी’ आन्दोलनका क्रममा सिन्धुलीका सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी गर्ने मध्ये १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत भाद्र २३ र २४ गते देशैभरी भएको ‘जेन–जी’ आनदोलनका क्रममा सिन्धुलीमा पनि झण्डै एक दर्जन सरकारी कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो ।
उक्त विध्वंसमा संगल्न मध्ये हालसम्म १५ जनालाई नियन्त्रणमा लिएर अनुशन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा सोमबार पत्रकार सम्मेलनका आयोजना गर्दै सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले सरकारी सम्पतिमाथी तोडफोड र आगजनी गर्ने, लुटपाट गर्ने मध्ये हालसम्म १५ जनालाई नियन्त्रणमा लिएर अनुशन्धान थालिएको जनाकारी दिएका हुन् ।

पक्राउ पर्नेहरुमा कमलामाई नगरपालिका ६ का वर्ष २० का सुजन साह, सोही ठाउँका वर्ष ३६ का रत्नबहादुर श्रेष्ठ, कमलामाई नगरपालिका ५ का वर्ष ४७ का फौद थापामगर, तीनपाटन गाउँपालिका ४ का वर्ष ३० का सुजन गौतम, रामनगर गाउँपालिका ६, सर्लाहीका वर्ष २५ का पपु कुमार साह, कमलामाई नगरपालिका ५, सिन्धुलीका वर्ष २७ का रबन चौधरी, कमलामाई नगरपालिका १२ का वर्ष ३१ का क्षितिज श्रेष्ठ रहेका छन् ।
यस्तै कमलामाई नगरपालिका ४ का वर्ष २४ का सविन लामा, गौशला नगरपालिका २, महोत्तरीका राजु महरा, भारत देश सितामढी जिल्ला घर भई हाल कमलामाई नगरपालिका ६ धुराबजार बस्ने वर्ष २२ का देवनंदन साह, कमलामाई नगरपालिका १२ का वर्ष २३ का डोर बहादुर सार्की, तीनपाटन गाउँपालिका ११ का वर्ष २५ का होम बहादुर लुङ्गेली, कमलामाई नगरपालिका ८ का ३४ वर्षका ओम बहादुर खत्री, मरिण गाउँपालिका ७ घरभई हाल कमलामाई नगरपालिका ४ धुराबजार बस्ने वर्ष ३० का कमल पाख्रिन र बर्दिबास नगरपालिका १४, महोत्तरीका ३५ वर्षिय हरिचन सोनार छन् ।

‘पक्राउ परेका सबैजनालाई जिल्ला अदालत सिन्धुलीबाट म्याद थप गरी आपराधिक उपद्रव तथा आगजनीसम्बन्धी कसुरमा अनुसन्धान थालिएको छ,’ प्रहरी प्रमुख सुवेदीले भने ।
जेनजी आन्दोलनका क्रममा सिन्धुलीको जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, कमलामाई नगरपालिका, जिल्ला समन्वय समिति, मालपोत कार्यालय, कमलामाई नगरपालिका ४, ५ र ६ को वडा कार्यालय, करदाता सेवा कार्यालय, राजनिति दलका नेताको निजी आवास तथा पार्टी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरिएको थियो ।

उक्त घटनामा झण्डै १२ करोड ६९ लाख रुपैयाँ बराबरको क्षेती पुगेको प्रहरीको प्रारम्भीक अनुमान छ । आन्दोलनका क्रममा व्यक्तिका निजी घरलाई समेत निसाना बनाएर आगजनी तथा लुटपाट भएको थियो ।
जेनजी आन्दोलनमा प्रत्यक्ष संलग्न व्यक्तिहरूको सामाजिक सञ्जाल तथा सिसि टिभि फुटेजका आधारमा पहिचान गरिएको र जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयमा परेको किटानी जहायरीका आधारमा उनिहरुलाई प्रहरीले पक्राउ गरेको सुवेदीको भनाई छ ।

जिल्लामा नेपाली कांग्रेस र नेकपा एमाले तथा तिनका भातृसंगठनहरुले जिल्लाका ३३ जना विरुद्ध जिल्ला प्रशासन कार्यालयमा यस अघि लिखित उजुरी गरेका थिए । तर व्यक्तिगत रुपमा जिल्लामा अन्य कसैको पनि उजुरी नपरेको बताइएको छ ।
उक्त उजरीमाथी समेत अनुशनधान अघि बढाइएको प्रहरीको भनाई छ । प्रहरी प्रमुख सुवेदीका अनुसार अहिले प्रहरीले जिल्ला अदालत, जिल्ला प्रशासन, कमलामाई नगरपालिका लगायतका चार प्रमुख सरकारी कार्यालयमा तोडफोड र आगजनी गर्नेको विस्तृत अनुसन्धान थालेको छ ।
सोही घटनामा संलग्न मध्ये थप १० जनाको नाममा जिल्ला अदालत सिन्धुलीले पक्राउ पुर्जी जारी गरेको छ । जेनजी आन्दोलनको नेतृत्व गरेकाहरू मध्ये कतिपयले जिल्ला छाडेर फरार भएको अनुशन्धानबाट खुलेको र उनिहरुको समेत खोजतालास भईरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...