Badapatra Online

गोलन्जोरमा जुनार मेला सुरु : सडक निर्माण र बजारीकरणमा जोड

Advertisement

सिन्धुली : ‘गोलन्जोरको सान, जुनार हाम्रो पहिचान, गोलन्जोरको जुनार समृद्धिको आधार’ भन्ने मुल नाराका साथ गोलन्जोर गाउँपालिकाको आयोजनामा मंगलबारबाट जिल्लामै पहिलो पटक जुनार मेला सुरु भएको छ ।
गोलन्जोर गाउँपालिका ४ तिनकन्या स्थित माझकुभिण्डेमा बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसुदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ लगायतले मेलाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा मन्त्री पौडेलले सिन्धुलीको जुनारलाई अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन जुनार खेतिको आधुनीकिकरण, व्यावसायीकरण र बजारीकरणमा सहयोग पु¥याउने प्रतिबद्धता जनाए ।
उनले भने, ‘सिन्धुलीको जुनार यहाँका नागरिकको जीवनसंगमात्र नभएर संस्कृति र सभ्यतासंग समेत जोडिएकाले यसको बृद्धि विकासमा प्रदेश सरकार संधै सकारात्मक छ । हामी जुनार बंगैचासम्म पुग्ने कृषि सडक निर्माण, ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यवस्थापन लगायतका कामका लागि आवश्यक बजेट व्यवस्थापन गर्न प्रतिबद्धछौं ।’

यस्तै कार्यक्रममा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठले जुनारको उत्पादन बृद्धिसंगै यसको भण्डारण, प्रशोधन र बजारी करणमा सहयोग गर्न आवश्यक रहेको भन्दै यसका लागि जुनारको जुस, क्याण्डी लगायतको उत्पादन उद्योगको व्यवस्थापनमा सहयोग गर्ने बताईन् ।
जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका ४ माझकुभिण्डेमा तीनदिन सम्म आयोजना हुने जुनार मेलामा जुनारको प्रचारप्रसार तथा व्यवस्थित कृषि सडकको आवश्यकताबारे प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराइएको छ ।

कार्यक्रममा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले सिन्धुली जिल्लाकै पहिचान र गोलञ्जोर गाउँपालिकाको गौरवका रुपमा रहेको जुनार बजारसम्म पहुँच विस्तार गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘जुनारको प्रवद्र्धन, क्षेत्र विस्तार, गुणस्तीय उत्पादन, बजारीकरणका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारसमम पु¥याउन प्रचारप्रसारको आवश्यकता छ । यहाँ उत्पादन भएको जुनारलाई बेमौषमसम्म भण्डारण, सुरक्षित बजारसम्म ढुवानीका लागि व्यवस्थित सडक निर्माण गर्नु पर्ने हुन्छ । यो स्थानीय सरकारबाट सम्भावना छैन । केन्द्र र प्रदेश सरकारले विशेष महत्व दिन आवश्यक छ ।’

गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जुनार उत्पादन भएपनि बाटो र बजारीकरण मुख्य समस्याका रुपमा रहेको बताए । ‘कृषि सडक कालोपत्र गर्न प्रदेश र संघिय सरकारले सहयोग गर्दैन, पालिकाको बजेटबाट सम्भव भएन । सडकलाई नै केन्द्रित गर्ने गरी प्रचारप्रसार गर्ने उद्देश्यले जुनारको मेला आयोजना गरेका हौं,’ उनले भने ।
बागमती प्रदेशका १ सय १९ पालिका मध्य कृषि क्षेत्रबाट सबैभन्दा बढी आम्दानी लिने पालिका गोलन्जोर भएको उल्लेख गर्दै संघ र प्रदेश सरकारले सडक लगायतका क्षेत्रमा सहयोग गरे गोलन्जोरका नागरीकहरु जुनारबाटै आत्मनिर्भर बन्न सक्ने उनको विश्वास छ ।
उपाध्यक्ष न्यौपानेले स्थानीय धापचौकीदेखि बाहुनतिल्पुङसम्मको महाभारत क्षेत्रको कृषि सडक करिडोरलाई कालोपत्रे गर्न प्रदेश सरकारसंग माग गरे ।

जुनार उत्पादन क्षेत्रमा व्यवस्थित सडक नहुँदा बजारसम्म लैजाने क्रममा छिट्टै कुहिएर नष्ट हुने किसानको गुनासो छ ।
जुनार मेलामा झाँकी, ¥याली सहित जुनार बंगैचाको अवलोकन, कृषक र कृषि विज्ञविच वार्तालाप, कृषक सम्मान कार्यक्रम तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने छ ।
महोत्सवमा किसानहरुले जुनारबाट निर्मित जुस, स्क्वास, जाम, जेली, क्याण्डीलगायतका खाद्यवस्तु प्रदर्शनी तथा बिक्रीमा राखिएको छ ।
गत आर्थिक वर्ष २०८१÷०८२ को तथ्याङ्क अनुसार सिन्धुली जिल्लामा १ हजार १ सय १३ हेक्टर जमिनमा जुनार खेति गरिँदै आएको छ । त्यस मध्ये ६ सय ५० हेक्टरमा व्यावसायिक उत्पादन हुँदै आएको छ । जिल्लामा १३ दशमलव ०३ मेक्ट्रिक टन जुनार प्रति हेक्टरका दरले करिव ९ हजार १ सय २१ मेक्ट्रिक टन जुनार उत्पादन हुने गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
गोलन्जोर गाउँपालिकाको १ देखि ७ नम्बर वडामै जुनारको खेति हुँदै आएको छ । त्यस मध्ये सबैभन्दा बढी गोलन्जोर गाउँपालिका ४ को तिनकन्या स्थित माझकुभिण्डे, मालिङ्गे, आलेडाँडा, डाँडागाउँ लगायतका क्षेत्रमा हुने जुनारको उत्पादन हुने गरेको छ ।

गोलन्जोर क्षेत्रलाई सरकारले जुनार खेतीको ‘सुपर जोन’ घोषणा गरिसकेको छ । जिल्लामा उत्पादन हुने जुनार मध्ये ३१ दशमलव ८३ प्रतिसत जुनार विभिन्न रोग किराको संक्रमणले क्षेती हुने गरेको छ ।
गोलन्जोर गाउँपालिकामा जुनार उत्पादनबाट मात्र कृषकहरुले वार्षिक ३४ करोड १९ लाख ९० हजार रुपैयाँ आम्दानी लिने गरेका छन् । जुनार खेतिमा गोलन्जोरका मात्र २ हजार ७ सय ५० जना कृषकहरु प्रतक्षरुपमा संलग्न रहेका छन् ।

प्रथम जुनार मेलाको उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरु गंगानारायण श्रेष्ठ, रामकुमार पहाडी, सुष्पा भुजेल न्यौपाने, जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा, मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान, घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलान लगायत विभिन्न पालिकाका जनप्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संचारकर्मी, शिक्षक, कर्मचारी, विद्यार्थी, कलाकार लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...