सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका १ स्थित कामदा माविको ४७ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।
गोलन्जोर गाउँपालिकाका सिन्धुलीका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) को प्रमुख आतिथ्यतामा सोमबार भव्य कार्यक्रमका विच विद्यालयको वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि तथा गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष न्यौपानले पछिल्लो समय विद्यालयको भौतिक पूर्वाधारमा उल्लेख्य प्रगति भएको भन्दै शैक्षिक गुणस्तरमा पालिकाकै उत्कृष्ठ हुनुपर्नेमा जोड दिनु भयो ।
उहाँले भन्नुभयो, ‘यस विद्यालयको भौतिक प्रगतीमा पहिला र अहिलेमा आकाश जमिनको फरक छ । विनाशकारी भूकम्पले जति क्षेती भयो त्यसको पुनर्निर्माणले भौतिक पूर्वाधारमा ठुलो सफलता मिलेको छ । मैरै पहलमा यहाँ सुविधा सम्पन्न भवन बनेको हो । अव भौतिक पूर्वाधारसंगै शिक्षा क्षेत्रमा सर्वाङ्गिण विकासको अपेच्छा राखेको छु ।’

प्रमुख अतिथि न्यौपानेले पालिकाले ‘एक वडा एक आवासिय विद्यालय’को अवधाराण अघि सारेको उल्लेख गर्नुहुँदै वडा नम्बर १ को कामदा माविलाई नै आवासिय विद्यालय बनाउने गरी अघिबढे पालिकाको तर्फबाट सबैखाले सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
उहाँले पालिका भित्रका २२ वटा आधारभूत विद्यालयहरु भौगोलिक अवस्था र विद्यार्थी संख्याका आधारमा मर्ज गर्नु पर्ने अवस्था आएको समेत बताउनु भयो ।
कार्यक्रममा गोलन्जोर गाउँपालिका १ का कार्यबहाक वडा अध्यक्ष दिपक थापा, नेपाली कांग्रेसका वडा सभापति ठाकुर घिमिरे, नेकपा एमालेका वडा अध्यक्ष नरेन्द्र सुनुवार, नेपाली कम्युनिष्ट पार्टीका वडा अध्यक्ष मुकुन्द पहाडी, नेपाल रेडक्रस डुँडभन्ञ्याङ्ग उपशाखाका सभापति दिपेन्द्र न्यौपाने लगायतले विद्यालयको वार्षिक उत्सव समारोहमा शुभकामना व्यक्त गर्नुभयो ।

यस्तै विद्यालयका प्रधानध्यापक पेशल कुमार न्यौपानेले विद्यालयको आर्थिक तथा प्रगती प्रतिवेदन पेश गर्नु भएको थियो ।
वार्षिक उत्सवकै अवसर पारेर विद्यालयमा स्थपना गरिएको कुलप्रसाद न्यौपाने स्मृति अक्षयकोष, रामलाल नेपाली स्मृति अक्षयकोष र पुजन लामीछाने स्मृति अक्षयकोषका तर्फबाट विद्यालयका विभिन्न विधामा उत्कृष्ठ विद्यार्थीहरुलाई समान्न तथा पुरस्कार प्रदान गरिएको विद्यालयका प्रअ पेशल कुमार न्यौपानेले बताउँनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबादुर सुनुवारको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका अभिभावक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।


