Badapatra Online

गोलन्जोरमा निःशुल्क स्वास्थ्य शिविर मार्फत ६०१ जनालाई विशेषज्ञ सेवा

Advertisement

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा ६०१ जनाले विशेषज्ञ सेवा लिएका छन् ।
गोलन्जोर गाउँपालिकाको आयोजनामा तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा र समुदाय पद्धति विकास सिन्धुलीको सहकार्यमा गोलन्जोर आधारभूत अस्पताल ग्वालटारमा सञ्चालित दुई दिने निःशुल्क बृहत स्वास्थ्य शिविरमा ६ सय १ जनाले विशेषज्ञ सेवा लिएका हुन् ।

मंगलबारबाट सुरु भएको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ स्त्री तथा प्रसूती रोग सेवा, भिडियो एक्सरे सेवा, छाला तथा यौन रोग सम्बन्धी उपचार सेवा, हाडजोर्नी तथा नासा रोग सम्बन्धी सेवा, रेडियोलोजी (एक्सरे) तथा जनरल सेवा लिएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले जानकारी दिए ।
उपाध्यक्ष न्यौपानेका अनुसार १ सय ३० जनाले स्त्री तथा प्रसूती सेवा, १ सय १२ जनाले भिडियो एक्सरे सेवा, ४६ जनाले छालासम्बन्धी उपचार सेवा, १ सय ५७ जनाले हाडजोर्नी सेवा, १ सय ९० जनाले एक्सरे सेवा र २ सय १५ जनाले जनरल सेवा लिएका छन् ।

‘यस्तै शिविरमा सुगर, प्रेसर, थाइराइड जाँच तथा परामर्श सेवा, रगत, दिसा, पिसाव, र खकार परिक्षण तथा निशुल्क औषधी वितरण गरिएको छ,’ उनले भने ।
शिविरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाका संयोजक चिरन्जीवी चुडाल, डाक्टर सुपेन्द्र कार्की, डाक्टर प्रकाश दाहाल, डाक्टर संजित साह, डाक्टर सुभेक्षा अमात्य, डाक्टर सुनैना यादव, डाक्टर अभिनास यादव, डाक्टर विनय साह लगायतका मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका १० जना सहित १४ जना विशेषज्ञहरुले सेवा प्रदान गरेका हुन् ।

शिविरमा सेवा प्रदान गर्ने चिकित्सक तथा कर्मचारीहरुलाई गाउँपालिकाले प्रसंसा पत्र समेत प्रदान गरेको छ ।
शिविर अत्यन्तै प्रभावकारी भएको र शिविरमा गोलन्जोर गाउँपालिका सहित छिमेकी जिल्ला रामेछापका नागरीकले समेत सेवा लिएको गोलन्जोर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मिन आछामीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...