Badapatra Online

पाँचौँ मरिण महोत्सवको गाउँपालिका अध्यक्ष मोक्तानद्धारा उद्धघाटन

Advertisement

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा बुधबारबाट पाँचौं मरिण महोत्सव सुरु भएको छ । मरिण गाउँपालिकाको आर्थिक सहयोग तथा सिन्धुली उद्योग वाणिंज्य संघ मरिण शाखाको आयोजनामा महोत्सव सुरु भएको हो ।

कृषि, पर्यटन, सांस्कृतिक, सूचना प्रविधि तथा व्यापार मेला सहितको पाँचौँ मरिण महोत्सव २०८२ को उद्घाटन मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले भव्य कार्यक्रमका विच गरेका हुन् ।
महोत्सव उद्घाटन गर्दै अध्यक्ष मोक्तानले महोत्सवमा एउटा उत्सव मात्र नभएर हाम्रो पहिचान, परम्परा, स्थानीय उत्पादनको प्रवद्र्धन र पर्यटन सम्भावनाको उत्सव भएको बताए ।
उनले भने, महोत्सवले मरिणको स्थानीय उत्पादन, कृषि तथा पर्यटनको प्रचुर प्रचार प्रसारमा सहयोग गर्ने छ । यसले स्थानीय सांस्कृतिक पहिचान समेत समेट्ने छ ।’

यस्तै सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अर्जुन श्रेष्ठले महोत्सवले मरिण क्षेत्रमा बजारीकरण र उद्योग व्यवसाय विस्तार गर्न सहयोग पु¥याएको उल्लेख गरे ।
उनले भने, ‘मरिण महोत्सवले मरिण गाउँपालिकालाई मात्र चिनाएको छैन्, यहाँका पन्चकन्या, ठाकुरराज, कपिलराजा दरबार, मधुवनी, मरिणको तामा र माछाको प्रचार भएको छ । यहाँ हालै मात्र मरिणमा राँगाको मासु उत्पादन कम्पनी स्थापना गरेर चिनमा निर्यात गर्ने तयारी गरिएको छ । यि सबै यस्ता महोत्सवहरुकै कारण हुन् ।’

यस्तै मिरण गाउँपालिकाका उपाध्यक्ष विमला माझीले स्थानीय उत्पादनको प्रचारप्रसार र बजारी करण संगै रोजगारको प्रचुर सम्भावनालाई महोत्सवले सहयोग पु¥याउने विश्वास व्यक्त गरिन् ।
उनले मरिण गाउँपालिकाले स्थानीय उत्पादनबाट आत्निर्भर बनाउने गरी गाउँपालिकाले नितिगत निर्णयसंगै अघि बढीएको पनि उल्लेख गरिन् ।

सिन्धुलीको मरिणमा पहिलो पटक २०६७ सालबाट महोत्सव लगाउन सुरु गरिएको थियो ।
बुधबारबाट सुरुभएको महोत्सव आगामी २१ गतेसम्म मरिण गाउँपालिका ४ साहानस्थित खेलमैदानमा आयोजना गरिने छ ।
महोत्सवमा कृषिजन्य, हस्तकला, स्थानीय मौलिक उत्पादन तथा विभिन्न सेवामूलक क्षेत्रका स्टलहरू राखिएको छ ।

स्थानीय पहिचान, परम्परा, उत्पादन र पर्यटन प्रवद्र्धनलाई मुख्य लक्ष्य राखेर आयोजना गरिएको महोत्सवमा यस वर्ष विविध प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम समावेश गरिएको सिन्धुली उद्योग वाणिज्य संघ मरिण शाखाका अध्यक्ष चिनध्वज बम्जनले जानकारी दिए ।
‘महोत्सवमा बाँस, काठ, दुग्धजन्य पदार्थ, ढाका तथा अल्लोका कपडाहरू, साथै सिन्धुली जिल्लाका मौलिक उत्पादनहरूको प्रतियोगितात्मक प्रदर्शनी प्रमुख आकर्षण रहनेछन्,’ अध्यक्ष बम्जनले भने ।
सूचना–प्रविधि, अटोमोबाइल्स, वित्तीय तथा अन्य सेवा प्रदायक संस्थाहरूले आफ्ना सेवा–सुविधाको प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

महोत्सवमा पर्यटन प्रवद्र्धनका लागि मधुवनी डाँडाबाट प्याराग्लाइडिङ उडान, मरिणको प्रसिद्ध माछा र तामाका सामग्रीको प्रदर्शन, पञ्चकन्या पोखरी अवलोकन, मिश्रित सांस्कृतिक झाँकीहरू, अन्तर–विद्यालय नृत्य प्रतियोगिता, साथै ख्यातिप्राप्त कलाकारहरूको सांगितिक प्रस्तुति रहनेछ ।
महोत्सव उद्घाटनको पहिलो दिन बुधबार गाउँपालिका अन्तरगत रहेका कार्यालयहरु, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुलाई उपस्थितीका लागि स्थानीय विदा दिइएको छ ।

मरिण गाउँपालिकाको आर्थिक सहयोग तथा सिन्धुली उद्योग वाणिज्य संघ मरिण शाखाको आयोजनामा हुने महोत्सवमा गाउँपालिकाले अत्यावश्यक र आकस्मिक काम बाहेकको सम्पूर्ण सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...