Badapatra Online

मरिण गाउँपालिका स्तरीय छैटौँ अध्यक्षकप रनिङ शिल्ड प्रतियोगिता सुरु

Advertisement

सिन्धुली । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, मरिण गाउँपालिकाको सान, खेलकुद हाम्रो पहिचान’ भन्ने नाराको साथ सिन्धुलीको मरिण गाउँपालिका स्तरीय छैटौँ अध्यक्षकप रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
मरिण गाउँपालिका युवा तथा खेलकुद विकास समिति सिन्धुलीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो ।
बिहिबार मरिण गाउँपालिका ७ स्थित खेलकुद रंगशालामा प्रतियोगिताको उद्घाटन गरिएको हो ।
निवर्तमान प्रतिनिधि सभा सदस्य राजन दाहालले प्रतियोगिताको उद्घाटन गर्दै खेलक्षेत्रको विकासले शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यमा समेत मजबुत बन्ने बताए ।

‘यस्ता प्रतियोगिताहरुले व्यक्तिको वृद्धि विकास संगै पालिका, जिल्ला र राष्ट्रकै इज्जत र शानलाई उच्च राख्न सहयोग पुग्दछ । यस प्रतियोगितामा कसैले जित्ने छन भने कसैले जिताउन मद्धत पु¥याउने छ । यसले समग्रमा राष्ट्रलाईले फाइदा पुग्दछ,’ उनले भने ।
कार्यक्रममा दाहालले खेल क्षेत्रमा भनेजतिको लगानी गर्न नसकेपनि मरिण सरकारले गरेको लगनी जिल्लामै उत्कृष्ठ रहेको चर्चा गरे ।

कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्ता (प्रख्यात) ले मरिण सरकारको तर्फबाट वार्षिक ४० लाख रुपैयाँबढी खेल क्षेत्रमा लगानी गर्दै आएको बताए । उनले यस्ता प्रतियोगिता युवा र समाजको लागि उत्सव भएको चर्चा गर्दै गाउँपालिकाले निरन्तर रुपमा अध्यक्ष रनिङ शिल्ड प्रयोगिताको आयोजना गर्दै आएको बताए ।
‘गाउँपालिकाले खेलक्षेत्रको विकासका लागी खेलमैदान, तालिम, खेल सामाग्री हस्तान्तरण, अध्यक्ष, उपाध्यक्ष कप, राष्ट्रपति रनिङ शिल्ड, वडा कप लगायतका विभिन्न प्रतियोगिताहरु गर्दै आएका छौं । यसले युवा पुस्तको शारीरिक तथा मानसिक विकासका साथै सामाजिक रुपमा समेत एकता र सद्भाव कायम गर्ने काम गरेको छ,’ उनले भने ।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका मरिण इन्चार्ज पदम अस्थानीय, नेकपा एमाले मरिणका अध्यक्ष गोपाल बुढाथोकी, मरिण गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत पदम खत्री, वडा नम्बर ७ का वडा अध्यक्ष चन्द्रबहादुर थिङले प्रतियोगिताले मरिण क्षेत्रका खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन मद्धत पु¥याउने विश्वास व्यक्त गरे ।

मरिण गाउँपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सुमन रानाको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा गाउँपालिकाका ७ वटै वडाका खेलाडीहरु सहभागि छन् ।

प्रतियोगितामा पुरुष फुटबल, महिला फुटबल, परुष भलिवल तथा महिला भलिवल, ब्याडमिण्टन, क्रिकेट लगायतका विधामा प्रतिस्पर्धा हुने छ ।

पुरुष फुटबलका लागि १० वटा टिम दर्ता भएका छन् भने महिला फुटबल प्रतियोगिताका लागी ७, महिला र पुरुष भलिवल प्रतिस्पर्धाका लागि ७÷७ वटा टिम, क्रिकेटका लागि ४ र ब्याडमिण्टन प्रतिपर्धाका लागि ५ वटा टिम सहभागि छन् ।

आगामी ६ गते मंगलबारसम्म संचालन हुने प्रतियोगिता अन्तरगत फुटबल तर्फ विजयी टिमलाई ४०÷४० हजार रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाण–पत्र र उपविजेता टिमले नगद २०÷२० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।
यस्तै भलिबल तर्फको विजेता समुहले नगद १५÷१५ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण–पत्र पाउनेछन भने उपविजेता समुहले नगद १०÷१० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

क्रिकेट तर्फ विजेता समुहले नगद १५ हजार र उपविजेता समुहले नगद १० हजार रुपैयाँ र ब्याडमिन्टन तर्फका विजेता समुहले नगद ७ हजार र उपविजेता समुहले नगद ४ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । उक्त प्रतियोगिता संचालनको लागि मरिण गाउँपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको खेलकुद विकास समितिका अध्यक्ष रानाको भनाई छ ।प्रतियोगिता उद्घाटन समारोहको संचालन मरिण गाउँपालिकाका शिक्षा शाखाका सहजकर्ता दिपक मैनालीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...