Badapatra Online

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका नौं जना खेलाडीलाई मरिणमा सम्मान

Advertisement

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका युवा तथा खेलकुद विकास समिति सिन्धुली गाउँपालिकामा रहेर राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट खेल प्रदर्शन गर्दै मेडल प्राप्त गर्ने खेलाडीहरुलाई सम्मान गरेको छ ।
बिहिबारबाट मरिण गाउँपालिका ७ मा आयोजित मरिण गाउँपालिका स्तरीय छैटौँ अध्यक्षकप रनिङ शिल्ड प्रतियोगिता उद्घाटन समारोहमा गाउँपालिकाका ९ जना खेलाडीहरुलाई सम्मान–पत्र र खादा ओढाएर सममान गरिएको हो ।

उक्त समारोहमा निर्वतमान प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल र मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) श्रीलंकामा सम्पन्न साफ च्याम्पियनसिप २०२५ मा नेपालबाट प्रतिनिधित्व गर्दै उत्कृष्ठ खेल प्रदर्शन गर्दै गोल्ड मेडल प्राप्त गर्न सफल मरिण गाउँपालिका ३ का अनिल रोक्कालाई सम्मान गरेका हुन् ।

यस्तै जावलाखेल युथ क्लवको अन्डर १८ टिममा आबद्ध भई कप्तानको भूमिका निर्वाह गर्ने मरिण गाउँपालिका ३ का सुदिप मुक्तान, फुटबल खेलमा राष्ट्रिय रेफ्रि बन्न सफल मरिण गाउँपालिका २ का ज्ञान बहादुर मुक्तान, शसस्त्र प्रहरी बल –एपिएफ) अन्डर १८ टिममा आबद्ध भई उत्कृष्ठ खेल प्रदर्शन गर्ने मरिण गाउँपालिका ५ का बुद्ध लुंगेलीमगर, मनाङ मस्र्याङ्दी क्लवको अन्डर १६ टिममा आबद्ध भई उत्कृष्ठ खेल प्रदर्शन गर्ने मरिण गाउँपालिका ३ का दिपक माझी, चर्च ब्वाईज क्लवको अन्डर १८ फुटबल टिममा आबद्ध मरिण गाउँपालिका २ निवासी आदेश थिङलाई पनि सम्मान गरिएको छ ।

बागमती प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता (कराँते) मा उत्कृष्ठ खेल प्रदर्शन गर्दै द्धितिय हुन सफल मरिण गाउँपालिका ५ का शान्तामायाँ माझी, प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता (कराँते) मै मेडल जित्न सफल मरिण गाउँपालिका ५ कै ममिता थोकर, निमा भोलनलाई समेत सम्मान गरिएको हो ।

गाउँपालिकामा स्थायी बसोबास गर्ने युवा खेलाडीहरुले गाउँपालिकाको मात्र नभएर सिंगो देशकै नाम उचो बनाउन सफल भएपछि थप हौसलाका लागि गाउँपालिकाले उहाँहरुले खेल क्षेत्रमा पु¥याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष मोक्तानको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...