सिन्धुली । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
निर्माणाधिन जिल्ला समन्वय समितिको नयाँ भवनमा शुक्रबार सिन्धुलीमाढीमा मुख्य निर्वाचन र निर्वाचन अधिकृतको गरी दुई कार्यालय एकै साथ स्थापना गपरिएको हो ।
प्रतिनिधि सभा निर्वाचनका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा निर्वाचन क्षेत्र नम्बर १ लाख निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नम्बर २ का लागि मुख्य निर्वाचन अधिकृत सहितको कार्यालय स्थापना गरिएको हो ।
जिल्ला स्थित राजनीतिक दल, सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन आयोगको कार्यालय, संचारकर्मीहरु समेतको उपस्थितीमा कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिए ।
यस्तै जिल्ला न्यायधिवक्त मिा घिमिरेको कमाण्डामा प्रतिनिधि सभा क्षेत्र नम्बर १ को निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत विष्टका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनका लागि यही माघ ६ गते उमेदवारहरुले मनोनयन दर्ता गराउने कार्यक्रम भएको र त्यस संगै निर्वाचनका अन्य कामका लागि निर्वाचन कार्यतालिका अनुसार मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर काम सुरु गरिएको उल्लेख गरे ।


