सिन्धुली । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सिन्धुलीको दुईवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधी सभा निर्वाचनका लागि नेकपाका तर्फबाट सिन्धुली प्रतिनिधि सभा १ मा डेकेन्द्र प्रसाद सुबेदी र सिन्धुली प्रतिनिधि सभा २ मा भने निबर्तमान प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल ‘राजन’ ले आफ्नो उमेदवारी दर्ता गराएका हुन् ।
पार्टीका नेता, कार्यकर्ता तथा सुभेच्छुकहरुको बाक्लो उपस्थितीका विच मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर सुवेदी र दाहालले आफ्नो उमेदवारी दर्ता गराएका हुन् ।
सुवेदी पार्टी एकिकरणका क्रममा माधव कुमार नेपालसंगै एकिकृत समाजबादीबाट आएका हुन् । उनि कानुन व्यवसायी हुन् ।
दाहाल २०७९ को प्रतिनिधी सभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।


